१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ पौष २८ सोमबार १५:४३:००
Read Time : > 1 मिनेट
समाचार

दुर्घटना न्यूनीकरण गर्ने प्रतिवद्धतासहित टिपर चालकको सपथ ग्रहण

Read Time : > 1 मिनेट
२०७६ पौष २८ सोमबार १५:४३:००

सडकमा टिपर चलाउँदा लापरबाही नगरीकन सडक दुर्घटना न्यूनीकरण गर्ने प्रतिबद्धतासहित टिपर चालकले सपथ ग्रहण गरेका छन् । 

ट्राफिक प्रहरी र टिपर व्यवयायी संघले संयुक्तरुपमा प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत दुर्घटना न्यूनीकरण गर्नका लागि प्रतिबद्धतासहित चालकलाई सपथ ग्रहण गराएका हुन् । बागमती टिपर व्यवसायी संघ र जिल्ला ट्राफिक प्रहरी कार्यलयले लिखित प्रतिबद्धतासहित सपथ खुवाएका ग्रहण गराएका हुन् ।

सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङ समक्ष टिपरचालकहरूले विभिन्न १० बुँदे प्रतिबद्धतासहित सपथ ग्रहण गरेका हुन् । सडक दुर्घटना न्यूनीकरणको प्रमुख जिम्मेवार भनेको चालक भएकाले सपथ खुवाउनु परेको बागमती टिपर व्यवसायी संघका अध्यक्ष प्रेम लामाले बताए । चालक सचेत भई संयमित भएर गाडी चलाएमा सडक दुर्घटनामा न्यूनीकरण हुने लामाको भनाइ थियो । ‘चालक आफैं सचेत नभएसम्म दुर्घटना न्यूनीकरण नहुने रहेछ,’ संघका अध्यक्ष लामाले भने, ‘थप जिम्मेवार बनाउन यस्तो प्रतिबद्धतासहित सपथ ग्रहण गराएका हौं ।’

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले टिपर चालकले टिप अनुसार भत्ता पाउने नियमका कारण तीव्र गतिमा चलाउँदा टिपर बढी दुर्घटनामा पर्ने गरेको बताएका छन् । ‘जति टिप बढी ग¥यो त्यती बढी पैसा पाउने भएका कारण तीब्र गतीमा टिपर चलाउँदा दुर्घटना हुने सम्भावना बढी हुन्छ ।’ समन्वय प्रमुख केसीले भने, ‘व्यवसायीहरूले चालकलाई टिपको आधारमा भत्ता भन्दा पनि मासिक तलव तोकेर राख्नुपर्छ, त्यसो गरे केही हदसम्म दुर्घटना न्यूनीकरण हुन्छ ।’

काभ्रे हुँदै दैनिक २ हजार २ सय टिपर गुड्ने गरेको जिल्ला ट्रफिक कार्यालयले जनाएको छ । जिल्लामा हुने सवारी दुर्घटनामा ५० प्रतिशत टिपरको संलग्न हुने तथ्याँक देखिएको ट्राफिकको भनाई छ । गत आर्थिक वर्ष २०७५/७६ मा भएका ७० मध्ये ३४ सवारी दुर्घटनामा टिपरको भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यलय काभ्रेका अनुसार, सो आर्थिक बर्षमा ३७ जनाले ज्यान गुमाएकोमा टिपरकै कारण ११ जनाको मृत्यु भएको हो ।
सपथ र प्रतिबद्धता पत्रमा के छ ?

सपथ ग्रहण पत्रमा मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउने, तीव्र गतिमा नकुदाउने, जथाभावी ओभरटेक र पार्किङ नगर्ने, संगीतको लागि उफर, झलर र स्टिकर नराख्ने, बस्ती क्षेत्रमा प्रेसर हर्न नबजाउने र पानी चुहाएर सामान ढुवानी नगर्ने उल्लेख छ । क्याबिन र ढालामा यात्रु नराख्ने, गाडी चलाउँदा मोबाइल फोनको प्रयोग नगर्ने, आकस्मिक सेवाका साधन र पैदल यात्रुलाई प्राथमिकता दिने, ट्राफिक नियमको पालना गर्ने र गाडीको कागजपत्र सधैं साथमा राख्ने प्रतिबद्धता चालकहरुले गरेका छन् ।

उक्त कार्यक्रममा भ्रमण वर्ष २०२० को लोगोसहित स्टिकर अरनिको र विपी हाईवे भएर गुड्ने प्रत्येक टिपरमा टासेका छन् । उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सना, जिल्ला प्रहरी कार्यालय प्रमुख रबि कुमार पौडेल र जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख विशाल तामाङ लगायतले टिपरहरुमा भ्रमण बर्षको लोगो सहितको स्टीर टाँसेर पर्यटन वर्षको प्रचार÷प्रसारको काममा तीब्रता बनाएका छन् ।