१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष २८ सोमबार १३:३०:००
Read Time : < 1 मिनेट
खेलकुद

प्रिमियर लिगमा अगुइरोको सर्वाधिक १२ औं ह्याट्रिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष २८ सोमबार १३:३०:००

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा साबिक विजेता म्यानचेस्टर सिटीले एस्टोन भिल्लालाई १-६ को फराकिलो अन्तरले हराएको छ । 

सिटीको जितमा नायक बनेका अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुइरोले ह्याट्रिक पूरा गरे । उनले खेलको २८ औं, ५७ औं र ८१ मिनेटमा गोल गरे । 

एस्टोन भिल्लाको मैदान भिल्ला पार्कमा सिटीले १८ औं मिनेटमा रियाद महारेजको गोलबाट खाता खोलेको थियो । त्यसको ६ मिनेट नबित्दै पुनः उनले नै अग्रता दोब्बर पारे । आउट हुन लागेको बललाई स्ट्राइकर  अगुइरोले नियन्त्रणमा लिँदै भिल्लाको पेनाल्टी डिबक्समा पास मिलाइदिएका थिए । डेभिड सिल्भाले उक्त बललाई नियन्त्रणमा लिई महारेजलाई पास दिएका थिए । उनले उक्त पासलाई सहजै गोलको दिशा दिन सफल भए । 
त्यस्तै पहिलो हाफको अन्त्यतिर ग्याब्रिअल जिससले गोल गरेपछि सिटी पहिलो हाफमै ४-० ले अघि बढेको थियो । 

लिग इतिहासमै सर्वाधिक ह्याट्रिकको रेकर्ड
अगुइरो प्रिमियर लिगमा सबैभन्दा बढी ह्याट्रिक गर्ने खेलाडी बनेका छन् । साथै इंग्यान्डबाहिरका सर्वाधिक गोल गर्ने प्रिमियर लिगका खेलाडी बनेका छन् । गएराति उनको ह्याट्रिकसँगै लिगमा एक सय ७७ गोल संख्या पु-याएका छन् । जुन इंग्लिस फुटबलर फ्रयांक लाम्पार्डको गोल संख्या बराबर हो । 

सर्वाधिक ह्याट्रिकको रेकर्ड बनाउने क्रममा उनले इंग्ल्यान्डका स्ट्राइकर अलान सेरियरको नाममा रहेको ११ वटा ह्याट्रिकको रेकर्ड तोडेका छन् ।

सन् २०११ बाट म्यानचेस्टर सिटीमा रहेर व्यावसायिक फुटबल खेल्दै आएका अगुइरोले सिटीबाट २ सय ५५ खेल खेलिसकेका छन् । 

३१ वर्षीय अगुइरोले पाँच वर्ष(२००६-२०११) स्पेनिस क्लब ला लिगामा बिताएका थिए । उनले त्यहाँ रहँदा कुल एक सय ७५ खेल खेलमा ७४ गोल गर्न सफल भएका थिए ।