मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष २८ सोमबार ११:३९:००
Read Time : < 1 मिनेट
सप्तरंग

‘कन्दरा’का गायक विवेक अस्ट्रेलियामा गुन्जिँदै

Read Time : < 1 मिनेट
२०७६ पौष २८ सोमबार ११:३९:००

करिब तीन दशकदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय पोखरेली सांगीतिक समूह ‘कन्दरा’का गायक विवेक श्रेष्ठले अस्ट्रेलियामा एकल प्रस्तुति दिने भएका छन् । ‘युफोनिक : क्लोज टु माई हार्ट विथ विवेक श्रेष्ठ’ नाम दिइएको सांगीतिक कार्यक्रम १५ फेब्रुअरीमा मेलबर्न र २२ फेब्रुअरीमा सिड्नीमा आयोजना हुन लागेको श्रेष्ठले जानकारी दिए ।

तीन वर्षअघि कन्दरा ब्यान्डले अस्ट्रेलिया टुर पनि गरेको थियो । यसपटक गायक श्रेष्ठले आफ्नो सांगीतिक जीवनमा आफूलाई प्रभाव पारेका र नेपाली संगीतको सवा सय वर्ष लामो कालखण्डमा योगदान दिएका स्रष्टाहरूका सदावहार गीत प्रस्तुत गर्नेछन् । ‘हङकङ पोखरा’, ‘लेककी हे माया’, ‘तिमी पारि’, ‘बिदेसिएर गइन् उनी’लगायत गीतमा स्वर दिइसकेका छन्, उनले ।

प्रवासमा रही नेपाली संगीतको उत्थानमा लागिपरेका नेपालीहरूलाई लक्षित गरेर सांगीतिक प्रस्तुति गर्न लागिएको उनले बताए । यस्ता कार्यक्रमले अग्रज स्रष्टाहरूको सम्मान र नयाँ पिँढीका लागि अवसर प्राप्त हुने संगीतकार दीपक जंगमले बताए । ‘हाम्रा ओरिजिनल गीत नयाँ पुस्तामाझ सुनिनु गीतहरू नहराउनु पनि हो,’ वरिष्ठ निर्देशक तथा लेखक/गीतकार यादव खरेलले भने, ‘नयाँ पुस्तामा सार्दै जानु पनि हो ।’ यसबाट नेपाली गीत–संगीतको बजार विस्तार हुने उनले बताए । ग्रेस इन्टरनेसनल एजुकेसन एन्ड माइग्रेसन कार्यक्रमको मुख्य प्र्रायोजक छ । पोखरेली समाज अस्ट्रेलिया सह–आयोजक तथा सोलानचर र गुठी मुख्य आयोजक छ ।