मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मञ्जु टेलर 
२०७६ पौष २८ सोमबार ११:२६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

इन्टरनेटको लतले  यस्ता समस्या

Read Time : > 1 मिनेट
मञ्जु टेलर 
२०७६ पौष २८ सोमबार ११:२६:००
डा. नरेन्द्रसिंह ठगुन्ना

ठ्याक्कै यति नै समय फोनमा बिताउनुपर्ने वा यति नै पटक सामाजिक सञ्जालमा आउने सूचना हेरिराख्नुपर्ने भन्ने निश्चित नियम छैन । जब इन्टरनेटले हाम्रो दैनिक जीवन, सम्बन्ध वा पढाइमा नकारात्मक असर गर्न थाल्छ, त्यसवेला हामी इन्टरनेटको लतमा फस्यौँ भनेर बुझ्नुपर्छ । इन्टरनेटसम्बन्धी लतमा फसेका व्यक्तिले इन्टरनेट चलाउन नपाउँदा अक्सर नकारात्मक भावना अनुभव गर्छन् ।

यसलाई विभिन्न नामले सम्बोधन गरिन्छ, जस्तै– कम्प्युटर लत, बाध्यकारी इन्टरनेट प्रयोग, समस्यापूर्ण इन्टरनेट प्रयोग, इन्टरनेट निर्भरता आदि । इन्टरनेट दुव्र्यसनको कुनै एक मात्र परिभाषा छैन । यद्यपि, इन्टरनेटको दुव्र्यसन भएका मानिसलाई उनीहरूका अनलाइन गतिविधिका कारण व्यक्तिगत र व्यावसायिक दायित्व पूरा गर्न समस्या हुन्छ । परिवार र साथीहरूसँगको सम्बन्धमा तनाव उत्पन्न हुने गर्छ । 

समस्या 
धेरै समयसम्म भिडियो गेम खेलेर इन्टरनेटमा बिताउनु । बाध्यकारी रूपमा अनलाइन सपिङ गर्नु । आफ्नो फेसबुकमा आउने सूचना 
घरिघरि हेरिरहनु ।

इन्टरनेट चलाउन धेरै समय खर्चिएका कारण अन्य काम त्याग्नु वा बेवास्ता गर्नु । अफलाइन हुँदा पनि अनलाइन हुनेबारे सोचिरहनु । अनलाइनमा धेरै समय बिताएको भनेर अरूले तपाईंको आलोचना गर्नु ।

अनलाइनमा आउन नपाउँदा तनाव तथा नमज्जा अनुभूति हुनु । र, अनलाइनमा आउनेबित्तिकै तनाव स्वात्तै हराउनु । इन्टरनेट चलाउनकै लागि राति अबेरसम्म जागै बस्नु ।

इन्टरनेटको दुव्र्यसन भएका मानिसलाई व्यक्तिगत र व्यावसायिक दायित्व पूरा गर्न समस्या हुन्छ । परिणामस्वरूप परिवार र साथीहरूसँगको सम्बन्धमा तनाव उत्पन्न हुने गर्छ । 

लक्षण
इन्टरनेटको लत विभिन्न प्रकारका जैविक, मनोवैज्ञानिक तथा सामाजिक कारणको सम्मिश्रणले गर्दा हुन सक्छ । यसका लक्षण यस्ता छन् ः
मानसिक÷भावनात्मक लक्षण

उदासीनता (डिप्रेसन) झुटो बोल्नु वा बेइमानी गर्नु, आफू दोषी महसुस हुनु

चिन्ता लिनु र नर्भस हुनु, कम्प्युटर प्रयोग गर्दा खुसीको अनुभूति, कुनै कामलाई प्राथमिकता दिन वा तालिका राख्न असमर्थता

एक्लोपनको भावना आउनु वा एक्लिनु 

समयको अनुभूति नहुनु 

कामको बेवास्ता

मुड परिवर्तन,

डर

काम वा गतिविधिमा ढिलाइ

तनाव तथा बेचैनी हुनु 

निद्रामा समस्या 

थकान महसुस हुनु 

मदिराको लत लाग्नु वा यसको दुरुपयोग गर्नु 

कुनै कुरामा ध्यान केन्द्रित गर्न समस्या हुनु वा नयाँ रचनात्मक काम गर्न गाह्रो पर्नु । 

शारीरिक लक्षण

पीठको दुखाइ हुनु 

टाउको दुख्नु

घाँटी र गर्दन दुख्नु 

आँखा सुक्खा हुनु र दृष्टिसम्बन्धी अन्य समस्यासमेत बढ्नु 

तौल घट्नु

कार्पल टनेल सिन्ड्रोम हुनु 

टाउको दुख्नु 

अनिद्रा

खान मन नहुने वा अत्यधिक खाना खाने

व्यक्तिगत सरसफाइमा ध्यान नदिनु

समाधान र रोकथाम 
केही मनोविद् वा पेसेवरहरूले इन्टरनेट लतलाई बाध्यकारी विकारको रूपमा वर्गीकृत गर्ने गर्छन् । अन्यले भने यसलाई आवेग नियन्त्रण विकारसँग तुलना गरेका छन् । त्यसकारण इन्टरनेट दुव्र्यसनको कुनै एउटा खास उपचार पद्धति छैन । 

इन्टरनेट लत समस्याको उपचारको उद्देश्य यसलाई पूर्ण रूपमा मेटाउनु भन्ने होइन । बरु, यसको सट्टामा इन्टरनेट प्रयोगको सीमा र सन्तुलन सिर्जना गर्नु हो । यदि, कोही मानिस एक निश्चित खेलको एपको प्रयोग वा साइटको लतमा केन्द्रित देखिन्छ भने त्यो रोक्न सम्भव हुन सक्छ । 

इन्टरनेट दुव्र्यसनको उपचारका लागि व्यायाम पनि प्रभावकारी माध्यम हो । यसबाहेक समस्याको अवस्था हेरी आवश्यकताअनुसार कग्निटिभ बिहेवियर थेरापीजस्ता मनोवैज्ञानिक उपचार विधिको प्रयोगसमेत गर्नुपर्ने हुन्छ । 

मनोविद् द स्कुल अफ साइकोलोजी नेपाल