मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
काठमाडाैं
२०७६ पौष २८ सोमबार ११:१७:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

ग्यास्ट्रिकबाट बच्ने उपाय

Read Time : < 1 मिनेट
काठमाडाैं
२०७६ पौष २८ सोमबार ११:१७:००

ग्यास्ट्रिक आममानिसको समस्या हो । नेपालमा अधिकांश मानिस यस रोगबाट पीडित छन् । अनियमित खानपान र प्रदूषणका कारण ग्यास्ट्रिकको समस्या दिनानुदिन बढिरहेको छ । बढी मसलेदार, पिरो र बासी खानेकुरा खानाले ग्यास्ट्रिक निम्तिरहेको हुन्छ । 

सुरु–सुरुमा ग्यास्ट्रिकले केही असर गर्दैन । धेरै मानिसले ग्यास्ट्रिकलाई सामान्य रोग भन्दै बेवास्ता गरेको पाइन्छ । तर, यस्तो गर्नु सरासर भूल हुन्छ । किनकि, बिस्तारै ग्यास्ट्रिक बढ्दै गएपछि आन्द्रामा समस्या आएर अल्सरसमेत हुन्छ । जीवनशैलीमा सुधार ल्याउन सके ग्यास्ट्रिकबाट बच्न सकिन्छ । त्यसका लागि लगातार पानी पिउनुपर्छ । जसले पेटमा ग्यास भरिन दिँदैन । साथै, शरीर सन्तुलनमा राख्न सहयोग गर्छ । यद्यपि, कोल्डड्रिंक्सचाहिँ सकभर पिउनुहुँदैन, जसले झन् ग्यास बढाउँछ । 

ग्यास्ट्रिक भएकाहरूले समय–समयमा खाना खाइराख्नुपर्छ । लामो समयसम्म खाना नखाँदा पेटमा ग्यास भरिएर समस्या हुन्छ । 

धूम्रपान–मद्यपान सेवन गर्नुहुँदैन । साथै, जंकफुड धेरै खानुहुँदैन ।

बढी पिरो, अमिलो, गाडेको अचार (गुन्द्रक, सिन्की आदि), मसलेदार खाना अत्यधिक खाने गर्नुहुँदैन । बिहान उठ्नेबित्तिकै दुई–तीनवटा लसुनका पोटी खानुपर्छ । जसले ग्यास्ट्रिक निवारणमा फाइदा गर्नुका साथै उच्च रक्तचापको जोखिमसमेत कम गराउँछ ।