१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
काठमाडौं
२०७६ पौष २८ सोमबार ०९:०८:००
Read Time : > 3 मिनेट
सेयर बजार

तरलता सहजले खरिदकर्ताको उच्च चाप, पाँच महिनायताकै उच्च बिन्दुमा नेप्से : बिमा र लघुवित्तका सेयरमा आकर्षण

Read Time : > 3 मिनेट
काठमाडौं
२०७६ पौष २८ सोमबार ०९:०८:००

आइतबार नेप्से पाँच महिनायताकै उच्च बिन्दुमा पुगेको छ । आइतबार  ४२ दशमलव ६१ अंक बढेपछि १ हजार २ सय ५५ दशमलव ७२ को उच्च बिन्दुमा पुगेको हो । यसअघि परिसूचक साउन २० गते १ हजार २ सय ५५ बिन्दुमा रहेको थियो । बजार निकै न्यून बिन्दुमा आएको र बैंकको ब्याजदर घटेसँगै तरलता सहज भएपछि बजार बढ्न पुगेको लगानीकर्ता बताउँछन् । नेपाल धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाएको प्रभाव बजार परेको लगानीकर्ताको भनाइ छ ।  नवनियुक्त अध्यक्षले पुँजीबजार विस्तार तथा सुधारका लागि नीति तथा नियमावली ल्याउने बताउँदै आएका छन् ।

 बिमा कम्पनीले लाभांश घोषणा गर्न बाँकी रहेको र चुक्ता पुँजी वृद्धि गर्ने कुरा चलिरहकाले पनि ती कम्पनीमा लगानी आकर्षण देखिएको हो । पुस मसान्त सकिन लाग्दा लगानीकताले अर्को तीन महिनापछि मात्र किस्ता र ब्याज बुझाउनुपर्ने भएकाले लगानी थप गरेका हुन् । बैंकमा तरलता सहज भएकाले सेयर कर्जा पनि सजिलै पाइरहेका छन् । ब्रोकर कम्पनीले पनि सेयर कर्जा दिने भएकाले लगानीकर्ताले घटेको बजारमा लगानी बढाएका हुन् ।  १२ समूहको परिसूचक बढेसँगै सेन्सेटिभ इन्डेक्स ८ दशमलव ४७ अंक बढेर २ सय ७२ दशमलव ७३ बिन्दुमा पुगेको छ  ।

बजार पुँजीकरण पनि १५ खर्बबाट बढेर १६ खर्ब पुगेको छ । यस दिन निर्जीवन बिमा, जीवन बिमा र लघुवित्तका सेयर उच्च अंकले बढेका छन् । निर्जीवन बिमा समूहको ८ दशमलव १७, जीवन बिमाको ६ दशमलव ८६, लघुवित्तको ६ दशमलव ५५ प्रतिशत बढेको छ । सबै समूह बढेकाले लगानीकर्ताले सबै कम्पनीमा लगानी बढाएको देखिन्छ । लघुवित्त र जीवन बिमा समूहको सेयरमा हाई गेन हाई रिक्स भएकाले लगानीकर्ताले बढ्दो बजारमा यी कम्पनी रोजेको एक लगानीकर्ताले बताए । 

आइतबार कुल १ सय ७९ कम्पनीका सेयर किनबेच भएकोमा १ सय ५५ को मूल्य बढेको छ भने १० वटाको मात्र घटेको छ । १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेको एडी (एड्भान्स डिक्लाइन) अनुपात १५ दशमलव ५ प्रतिशतका आधारमा हेर्दा यस दिन बजार बुलिस प्रवृत्तिमा देखिएको छ । १४ दिने आरएसआई इन्डेक्सको ८२ दशमलव ७१ स्केलमा नेप्से छ । ओभर बटममा रहेको यस आरएसआईले बजारमा खरिद चाप बढेको संकेत गर्छ । 

पिभटअनुसार सोमबार बजार बढ्ने मैनबत्तीले बनायो गोल्डेन क्रस 
आइतबार नेप्सेको उच्च, न्यूनतम र बन्द बिन्दुबाट निकालिएको पिभट बिन्दु १ हजार २ सय ४१ दशमलव ५४ छ । यस दिनको बजार बन्द बिन्दु १ हजार २ सय ५५ दशमलव ७२ छ । पिभट बिन्दुभन्दा बजार बन्द बिन्दुमाथि रहेकाले सोमबार परिसूचक बढ्ने संकेत गर्छ । आइतबारको बन्द बिन्दुबाट घटेमा १ हजार २ सय २७ दशमलव ३७ बिन्दुमा पहिलो टेवा पाउने र बढेमा १ हजार २ सय ६९ दशमलव ९० बिन्दुमा पहिलो प्रतिरोध पाउने देखिन्छ । बिहीबारको कारोबारबाट सामान्य डोजी आकृति बनेको थियो । जसले आइतबार बजार अन्योल रहने संकेत गरेको थियो । त्यस अन्योललाई आइतबारको बजारले बढाएर गोल्डेन क्रस चित्रको मैनबैत्ती बनाएको छ । यसले सोमबार बजार बढ्ने संकेत गर्छ ।

पिभट विश्लेषण :
तेस्रो प्रतिरोध                १३१२.४३
दोस्रो प्रतिरोध               १२८४.०७
पहिलो प्रतिरोध             १२६९.९०
पिभट बिन्दु                  १२४१.५४
पहिलो टेवा                  १२२७.३७
दोस्रो टेवा                    ११९९.०१
तेस्रो टेवा                     ११८४.८४

   

कारोबार रकम अर्ब नाघ्दा दुई दर्जन कम्पनीका मूल्यमा सर्किट 
आइतबार १ अर्ब ३३ करोड ५७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ सय २९ कम्पनीको ३८ लाख ३१ हजार ५४ कित्ता सेयर किनबेच भएको छ । सेयर बजारसँगै कारोबार रकम बढ्दै जानुले बजार सकारात्कम रहेको बुझिन्छ ।  यस दिन करिब दुई दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रभु इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, आरएमडिसी लघुवित्त, प्रिमियर इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स, सिद्धार्थ इन्स्योरेन्सको सेयर मूल्य अरुरूभन्दा बढी प्रतिशतले बढेको हो । यसदिन अधिकांश इन्स्योरेन्स र लघुवित्त सेयर मूल्य बढेका छन् । बढेको बजारमा १० कम्पनीको मात्र सेयर मूल्य घटेको छ । जसमा कमसल कम्पनी परेका छन् । धेरैजसो जलविद्युत् कम्पनीका सेयरको मूल्य घटेको छ । माउन्टेन हाइड्रो नेपाल लिमिटेड, सिनर्जी पावर, बोटलर्स नेपाल तराई, युनियन 
हाइड्रोजस्ता कम्पनी छन् । 

सोमबार एकैदिन सात कम्पनीको वार्षिक सभा
सोमबार एकैदिन सात कम्पनीले वार्षिक साधारणसभा बोलाएका छन् । सोमबार नेरुडे लघुवित्त , हिमालयन पावर पार्टनर, प्रोग्रेसिभ फाइनान्स, आँखुखोला जलविद्युत् कम्पनी, मिर्मिरे लघुवित्त, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट र नेपाल इन्भेष्टमेन्ट बैंकको साधारणसभा हुन लागेको हो । आर्थिक वर्ष सकिएको ६ महिनामा सूचीकृत कम्पनीले वार्षिक साधारणसभा गनुपर्ने व्यवस्थाअनुसार यी कम्पनीले ६ महिना बित्न लाग्दा अन्तिमा सभा बोलाएका हुन् । 

विगतका वर्षहरूमा पनि कम्पनीहरूले आर्थिक वर्ष सकिने अन्तिम दिनतिर एकैपटक सभा बोलाउँदा सभामा उपस्थित लगानीकर्ताले एकैदिन नपार्न सुझाबसमेत दिएका थिए । तर, कम्पनीहरूले अन्तिम समयमा आएर सभा एकैपटक बोलाएका छन् । यसले सभामा लगानीकर्ताको उपस्थित कम हुने गरेको छ । यी कम्पनीले प्रस्ताव गरेको लाभांश कम्पनीले तोकेको बुक क्लोजको अघिल्लो दिनसम्मकाले पाउन सक्नेछन् ।

साल्ट ट्रेडिङको लाभांश प्रस्ताव
साल्ट ट्रेडिङ  कर्पोरेसन लिमिटेडले सोमबार ३५ प्रतिशत लाभांश घोषणा गरेको छ ।  कम्पनीले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक र  कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि मात्र वितरण गर्ने निर्णय गरेको हो ।