मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
काठमाडौं
२०७६ पौष २८ सोमबार ०८:३१:००
Read Time : < 1 मिनेट
अर्थ

दुई स्थानमा इन्धन भण्डारणगृह थपिने 

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ पौष २८ सोमबार ०८:३१:००

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालू आर्थिक वर्ष दुई स्थानमा १ लाख ४० हजार किलोलिटर इन्धन भण्डारण गर्ने डिपो थप्ने भएको छ । मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी भावी कार्ययोजना प्रस्तुत गर्दै चितवनको लोथर र झापाको चारआलीमा भण्डारणगृह निर्माण गर्ने जनाएको हो ।

त्यसैगरी निगमको अमलेखगन्जस्थित डिपोबाट लोथरसम्म पाइपलाइन निर्माणसम्बन्धी अध्ययनलाई तीन महिनाभित्र टुंगो लगाई आगामी आर्थिक वर्षबाट निर्माण सुरु गर्ने मन्त्रालयले जनाएको छ ।

त्यसैगरी रासायनिक मल कारखाना निर्माणका लागि भैरहवासम्म ग्यासको पाइपलाइन निर्माण गर्ने सम्बन्धमा पनि आवश्यक गृहकार्य अघि बढाउने मन्त्रालयको कार्ययोजनामा उल्लेख छ ।

मन्त्रालयले सबै सार्वजनिक संस्थानको सम्पत्ति र वर्तमान अवस्थाबारे ५ महिनाभित्र अध्ययन गर्न विज्ञ टोली खटाउने जनाएको छ । खासगरी बन्द रहेका र जीर्ण बनेका संस्थानलाई सञ्चालन र व्यवस्थापन गर्ने विषयमा मन्त्रालयले अध्ययन अघि बढाउने जनाएको छ ।