मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका  काठमाडौं
२०७६ पौष २७ आइतबार २१:३६:००
Read Time : < 1 मिनेट
समाचार

गोली प्रहार गरेर फरार अभियुक्त पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका  काठमाडौं
२०७६ पौष २७ आइतबार २१:३६:००

कर्तव्य ज्यानका फरार अभियुक्त दिपक लामालाई प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत बौद्धबाट खटिएका प्रहरी टोलीले उनलाई बौद्धस्थित जम्बो डाँडाबाट गोली प्रहार गरी पक्राउ गरेको हो । प्रहरीका अनुसार उनको घुँडामा गोली लागेको छ । घाइते भएको उनको वीर अस्पतालमा उपचार हुँदैछ । उनीविरुद्ध सिन्धुपाल्चोकमा ज्यान मुद्दा र बौद्ध प्रहरीमा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता छन् । प्रहरी वृत बौद्धका प्रमुख डिएसपी रमेश सिंहले प्रतिकार गर्ने क्रममा उनलाई गोली प्रहार गरिएको बताए ।

डिएसपी सिंहले भने, ‘जम्बो डाँडामा फरार अभियुक्त लुकेर बसेको सूचना आयो । खोज्दै जाँदा अभियुक्त त्यहीँ भएको देखियो ।’ समात्ने क्रममा लामाले प्रहरीलाई नै आक्रमण गरेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको उनको भनाइ छ ।