मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
धीरजकुमार देवकोटा काठमाडौं 
२०७६ पौष २७ आइतबार १८:१५:००
Read Time : > 3 मिनेट
सप्तरंग

अजय देवगण १००औं फिल्मसम्म अब्बल : जसले तीन खानको दबदबा तोडे

Read Time : > 3 मिनेट
धीरजकुमार देवकोटा काठमाडौं 
२०७६ पौष २७ आइतबार १८:१५:००

गत शुक्रबार (१० जनवरी) रिलिज भएको बलिउड फिल्म ‘तानाजी : अनसंग वारिअर’ ले बक्स अफिसमा राम्रो छाप छोडेको छ । 

सन् १६७० मा भारतको सिंहगढमा भएको युद्धको कथामा आधारित फिल्म प्रदर्शनको पहिलो दिन शुक्रबार १६ करोड भारु कमाइ गर्न सफल रह्यो । फिल्मले शनिबार र आइतबार ५० करोड भारुको आँकडा पार गर्ने भारतीय फिल्म समीक्षकहरुले बताएका छन् । 

मुख्य कथा प्रवेश
तानाजी मालुसरे निकै बहादुर र प्रसिद्ध मराठा योद्धा थिए । सन् १६७० मा भारतमा भएको सिंहगढको युद्धबाट उनलाई सबैले चिने । जहाँ उनले मुगल किलारक्षक उदयभान राठौरविरुद्ध अन्तिम समयसम्म लडेका थिए । जसबाट मराठाहरुको स्वराजको जित भएको थियो ।  

छत्रपति शिवाजी महाराज (शरद् केलकर) तानाजी (अजय देवगण) बच्चैदेखिका साथी थिए । साथै शिवाजीका सेनापति थिए तानाजी । 

औरंगजेब मुगल साम्राज्य दक्षिण भारतमा पनि बढाउन चाहन्थे । त्यसैकारण उनले यसको जिम्मेवारी जानेर नै आफ्ना हिन्दु सेनापति उदय भान (सैफ अलि खान) लाई दिए । यसबाट उनी दुई हिन्दु राजाविरुद्ध आपसमा लडाउन चाहन्थे ।  

उदयभानले कोढाना जिल्ला कब्जा गर्छन् । जुन कुराले छत्रपति शिवाजी महाराजकी आमालाई सधैं पिरोलिरहन्छ । छत्रपति महाराज हर हालतमा आफ्नो राज्यलाई मुगलको पन्जाबाट मुक्त गर्न चाहन्छन् । यस कामका लागि उनले सबैभन्दा भरपर्दा सेनापति तानाजीलाई जिम्मेवारी सुम्पिन्छन् । 

यो सन् १६७० को भारतको सिंहगढको लडाइँमा मुख्य भूमिका निभाएका मराठी योद्धा तानाजी मालुसरेको युद्धकथामा बनेको फिल्म हो । 

फिल्मको मोटामोटी कहानी यही हो । 

तानाजी अर्थात् अजय देवगणले कोढाना जिल्ला जित्न र आफ्नो स्वराज फिर्ता गर्न के–के तयारी गर्छन्, युद्ध कसरी लड्छन् । मुस्किल कसरी पार गर्छन्, यही नै फिल्ममा मजबुतसाथ देखाइएको छ । जुन फिल्मको केन्द्रीय दृश्य बनेको छ । 

फिल्ममा सीमित सैनिक र उच्च हौसलाले युद्ध जित्न सकिन्छ भन्ने विषयलाई प्रमुखतासाथ उठाइएको छ । 

तानाजीको नेतृत्वमा कोढाना जिल्लाबाट मुगल सैनिक कसरी धपाइएको छ, यो दृश्यसँगै फिल्मले बिट मारेको छ । 

दुई घण्टा ११ मिनेट लामो फिल्ममा मुख्य पात्र तानाजी अर्थात् अजय देवगणकै सेरोफेरो बलियो छ । कथामा उदय भानको चरित्रमा सैफ अलि खानको अभिनयलाई उत्तिकै जबर्जस्त मान्न सकिन्छ । अभिनेत्री काजोलको दृश्य फिल्ममा कम भए पनि उनको अभिनय पनि दमदार छ । 

आफ्नै कथालाई निर्देशक राउतले भरपुर न्याय दिएका छन् । अनावश्यक संवादका तानाबाना र दृश्यबाट फिल्म मुक्त छ । थ्रीडीमा बनेको फिल्मले कथासँगै चरित्रलाई अभिनयमा यसरी उतारिएको छ, जसले फिल्मको केन्द्रीय कथालाई मर्न दिएको छैन । 

पात्र र चरित्र दुरुस्त लाग्छन् । सन् १६७० को मुगल साम्रज्यबाट मुक्त गराउन मराठाहरुको बलिदानी र त्यसवेलाको सत्यता देखाउने प्रयासमा फिल्म इमानदार बनेको छ । 
 
अभिनयमा अब्बल अजय
पछिल्लो १० वर्ष रोहिछ सेट्टी ब्यानरमा कमेडी जानरामा जमेका अभिनेता अजय एक कुशल, बहादुर र गम्भीर योद्धाका रुपमा यस फिल्ममार्फत उदाएका छन् । अजयको करिअरमा यो १०० औं फिल्म हो । जसका कारण उनको जीवनमा पनि यो खास हुन सक्छ । ९० को दशकमा बलिउड भित्रिएका अजयले यो फिल्ममार्फत पुनः ‘एक्सन हिरो’ का साथै गम्भीर प्रकृतिको अभिनय छाविलाई बलियो बनाएका छन् ।

अजयको फिल्मी करिअर
सन् १९९१ मा फिल्म ‘फूल और काटें’ बाट बलिउड नगरीमा एक्सन हिरोकै भूमिकाबाट उदाएका थिए अजय । जसपछि सन् १९९२ मा रिलिजमा आएको ‘जिगर’बाट उनी झनै चर्चित भए, जसमा पनि उनी एक्सनकै रोलमा थिए । तथापि फिल्ममा समावेश संगीतले पनि उनको फिल्मी करिअर उँभो लाग्न मद्दत गर्‍ यो । 

तीन खान (शाहरुख, आमिर र सलमान) र लभस्टोरी जानरामा रमाएको बलिउडमा उनको ‘इन्ट्री’ धमकेदार थियो । अभिनय, एक्सन र चरित्र अभिनेताको भूमिकामा समेत अजय उत्तिकै गम्भीर हुन्थे । 

भलै सन् १९९५ मा आएको फिल्म ‘गुन्डाराज’ १९९६ को ‘जान’ ले उनको करिअरमा केही धक्का लाग्यो । फिल्म नराम्रोसँग फ्लप भयो । तर उनीसँगै बलिउडमा जमेको अभिनय, रोमान्स र एक्सन मिश्रित फिल्मले भने निरन्तरता पाइरह्यो । 

सन् १९९४ मै बनेको ‘दिलवाले’ ले भने उनको फिल्मी करिअर एक्कासि उकासिदियो । लभस्टोरी फम्र्याटमा एक्सनसँगै गम्भीर भूमिका त्यसवेला खुब रुचाइएको थियो । फलस्वरुप सन् १९९५ मा आएको ‘नाजायज’ले उनी बलिउडमा स्टार कलाकारमाझ चिनिए । 

तीन खानको दबदबामाझ स्टार  
बलिउडमा अद्यापि शाहरुख, आमिर र सलमानको क्रेज उत्तिकै छ । यसबाहेकका कलाकार ९० को दशकमा ‘हिरो’को रुपमा उदाए त्यो नौलो नै हुन्थ्यो । अजय यो बीचमा संघर्षरत यस्ता कलाकार थिए, जो अभिनयका सबैखाले विधामा उत्तिकै अब्बल भएर देखापरे । 

सन् २०११ मा त उनको करिअर झनै मजबुत भयो । कारण फिल्म ‘सिंघम’बाट उनी बलिउडमा सशक्त भएर देखापरे । जसको दोस्रो सिक्वेलसमेत बन्यो । यस फिल्मबाट उनले समकालीन प्रतिस्पर्धीलाई निकै पछि छोड्न सफल भए । रोहित सेट्टी निर्देशित ‘सिंघम’ का दुवै सिक्वेलमा अजयले निभाएको बहादुर प्रहरीको भूमिकालाई दर्शकले यति मन पराए कि सारा भारतभर उनको प्रशंसा हुन थाल्यो । 

२००३ मा बनेको ‘गंगाजल’ १९९९ को ‘हम दिल दे चुके सनम’ र २०१० को वन्स ‘अपन अ टाइम इन मुम्बई’ले उनको फरक अभिनय क्षमतालाई उजागर ग¥यो । जसका कारण उनी बलिउडमा फरकखाले निर्देशकको रोजाइमा पर्न सफल भए । 

सलमान खानसँगको ‘हम दिल दे चुके सनम’ बाट त उनी लोकप्रिय भए कि जसवेला सलमान कम अजयको प्रशंसा बढी हुन थाल्यो । 

अहिले प्रदर्शनरत फिल्म ‘तानाजी’ अजयको बलिउडमा ९० को दशकमा प्रदर्शित प्रकृतिको फिल्मसँग मेल खान्छ । तथापि प्रविधिको भरपूर उपयोगले यो भिन्नै छ । करिअरको १०० औं फिल्ममा उनी सफल भएका छन् ।