मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष २७ आइतबार १७:१०:००
Read Time : < 1 मिनेट
साहित्य

बानियाँको ‘महारानी’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष २७ आइतबार १७:१०:००

लेखक तथा पूर्व सांसद चन्द्रप्रकाश बानियाँद्वारा लिखित ऐतिहासिक बिषयमा आधरित उपन्यास ‘महारानी’ विमोचन गरिएको छ । 

नेकपाका संसदीय दलका प्रमुख तथा साहित्यकार पूर्वमन्त्री दिनानाथ शर्मा, समालोचक राम लोहनी, समालोचक तथा पत्रकार संगीत श्रोता, लेखक बानियाँ लगायतले पुस्तकको लोकार्पण गरेका थिए । 

कार्यक्रममा पुस्तकमाथि बोल्दै प्रमुख अतिथि शर्माले आपूm उपन्यासबाट सारै प्रभावित भएको र पर्वत राज्यको बिषयमा लेखिएको भएर पनि यसको प्रभाव बढी रहेको बताए । समीक्षक लोहनीले उपन्यासबाट इतिहासका धेरै कुरा खोजिएको र उपन्यासले कुन राजकुमार राजा हुने भन्ने बिषयले आपूmलाई खुलदुली लागेको बताए ।

‘म जन्मिएको क्षेत्रको इतिहासबारे लेखिएको उपन्यासबाट सन्तुष्टी मिलेको छ,’ समीक्षक श्रोताले भने, ‘इतिहास बुझ्नका लागि यो उपन्यास सबै पाठकले पढ्न जरुरी छ ।’ 

उपन्यासलाई सिखा पब्लिकेसनले बजारमा ल्याएको हो ।