१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ पौष २७ आइतबार १६:५०:००
Read Time : < 1 मिनेट
समाचार

राष्ट्रियसभा निर्वाचनको आचार संहिता लागु

Read Time : < 1 मिनेट
२०७६ पौष २७ आइतबार १६:५०:००

कसलाई लाग्छ ? 

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार १२ बजेबाट आचार संहिता लागु गरेको छ । निर्वाचन ९ माघमा हुँदैछ ।  

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी रूपमा भयमुक्त वातावरणमा सम्पन्न गर्न १३ सरकारी निकायमा रहेका व्यक्ति, निकाय तथा अधिकारीलाई आचारसंहिता लागु  गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन् । 

आचार संहिताको पूर्णरूपमा पालना गर्न गराउन सबैमा निर्देशन दिँदै प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्ति अनुसार संघ र प्रदेश सरकारका मन्त्री र कर्मचारी, स्थानीय तहका पदाधिकारी र कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाका कार्यालय तथा कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरी कार्यालय तथा सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठनलाई आचार संहिता लाग्नेछ ।

उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारणा गरेको व्यक्ति, पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम, नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई पनि आचार संहिता लाग्ने विज्ञप्तिमा उल्लेख छ ।