१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष २७ आइतबार १६:०५:००
Read Time : < 1 मिनेट
अर्थ

कर कार्यालयका कर्मचारीले राम्रो व्यवहार नगरेको भन्दै राजश्व विभाग पुगे व्यवसायी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष २७ आइतबार १६:०५:००

कर तिर्ने व्यवसायीहरुलाई कर कार्यालयका कर्मचारीहरुले राम्रो व्यवहार नगरेको व्यवसायीहरुले बताएका छन् ।

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल आवद्ध व्यवसायीहरुले आइतबार आन्तरिक राजश्व विभागका अधिकारीहरुलाई भेट गरी आफुहरुमाथि कर्मचारीहरुले राम्रो व्यवहार नगरेको बताएका हुन् । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले कानून बनाएर व्यववसायीलाई कडाई गर्ने तर कर कार्यालयले आफ्नो व्यवहारमा सुधार नगरेको बताए । त्यस्तै उनले आन्तरिक राजश्व विभागले अनुगमनका क्रममा सबै विषयमाथि राम्रोसँग अध्ययन नगरी विषयहरु सार्वजनिक गरेकाले व्यवसायीको बदनाम हुने गरेको समेत बताए ।

अध्यक्ष दुलालले खुला बजार अर्थतन्त्रमा सरकारले वस्तुको मूल्य निर्धारण गर्ने नीति लिन नहुने बताए । उनले बजारले आफै निर्धारण गर्नुपर्ने वस्तुको मूल्य निर्धारण सरकारले गरेकोले व्यवसायीक स्वतन्त्रता नरहेको समेत बताए ।