१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ पौष २७ आइतबार १२:४३:००
Read Time : < 1 मिनेट
समाचार

सभामुख चयनका लागि डाकिएको प्रतिनिधिसभाको बैठक तेस्रो पटक स्थगित

Read Time : < 1 मिनेट
२०७६ पौष २७ आइतबार १२:४३:००

प्रतिनिधिसभाको बैठक आइतबार पनि स्थगित भएको छ ।

यस अघि ११ र १६ पुसमा डाकिएको बैठक पनि स्थगित भएको थियो ।

रिक्त सभामुख पद चयनका लागि डाकिएको लगातार तीन वटा बैठक अवरुद्ध भएको हो ।

सत्तारुढ नेकपामा सभामुख चयन गर्ने विषयमा सहमती नजुटेका कारण बैठक लगातार स्थगित हुँदै आएको छ ।

संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले सूचना प्रकाशित गरि अर्काे बैठक ६ माघमा हुने जनाएका छन् । बैठक बिशेष कारणवस स्थगित गरिएको सूचनामा उल्लेख छ ।

उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन लगाएर सभामुख चयनको मार्ग प्रसस्त गर्ने तयारीमा नेकपा थियो । नेकपा सचिवालयले तुम्बाहाम्फेलाई राजीनामा दिन निर्देशन दिएको थियो ।