१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सल्यान
२०७६ पौष २७ आइतबार ०९:२१:००
Read Time : < 1 मिनेट
प्रदेश

भिरबाट लडेर दुईको मृत्यु

Read Time : < 1 मिनेट
सल्यान
२०७६ पौष २७ आइतबार ०९:२१:००

दार्मा गाउँपालिका ४ मा भिरबाट लडेर दुईजनाको मृत्यु भएको छ ।

शनिबार दार्मा ४ मसिनेनिवासी ५५ वर्षीय दलबहादुर बोहरार र दार्मा ४ सर्सुखोलाका २४ वर्षीय गणेश रावतको भिरबाट लडेर मृत्यु भएको सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरूको छुट्टाछुट्टै ठाउँमा भिरबाट लडेर मृत्यु भएको हो । बोहराको लाखुरे डाँडाको भिरबाट लडेर मृत्यु भएको आफन्तले बताएका छन् ।

बिहीबारदेखि हराइरहेका रावतको शव भैँसी टाकुरी भिरमा फेला परेको प्रहरीले जनाएको छ ।