१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ पौष २७ आइतबार ०८:४९:००
Read Time : < 1 मिनेट
प्रदेश

हिमपातले कर्णाली सञ्चारविहीन

Read Time : < 1 मिनेट
२०७६ पौष २७ आइतबार ०८:४९:००

कर्णाली प्रदेशका डोल्पा, जुम्ला, हुम्ला, मुगु र कालिकोट जिल्ला टेलिफोन सम्पर्कविहीन भएका छन् । निरन्तर हिमपातका कारण कर्णाली प्रेदशका जिल्ला सञ्चार सम्पर्कविहीन भएका हुन् । यी जिल्लामा नमस्ते, स्काइ मोबाइल सेवा, ल्यान्डलाइन टेलिफोन तथा एडिएसएल इन्टरनेट सेवा ठप्प हुँदा नागरिकले सास्ती पाएका छन् ।

डोल्पा, कालिकोट र जुम्लामा दुई दिनदेखि टेलिफोन तथा इन्टरनेट सेवा ठप्प छ । त्यसैगरी, हुम्ला र मुगुमा पाँच दिनदेखि सञ्चार सेवा अवरुद्ध भएको छ । घाम नलागेर सोलार चार्ज नहुँदा कर्णालीमा सञ्चार सेवा अवरुद्ध भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगन्जले जनाएको छ ।

सोलार र जेनेरेटरले काम नगरेकै कारण जुम्ला–डोल्पा र जुम्ला–कालिकोट जिल्लाका सीमावर्ती क्षेत्रमा राखिएका रिपिटर टावर बारम्बार अवरुद्ध हुँदै आएका छन् । जुम्ला, हुम्ला, मुगु र डोल्पामा पटक–पटक टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध हुँदै आएको छ । 

पुस लागेदेखि हालसम्म डोल्पामा दुई सय घन्टाभन्दा धेरै सयम फोन र इन्टरनेट सेवा अवरुद्ध भएको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताए । डोल्पामा कुनै वेला हप्ता दिनसम्म पनि मोबाइल सेवा अवरुद्ध हुने गरेको त्रिपुरासुन्दरी नगरपालिका १ का विष्णु थापाले बताए । ‘डोल्पामा अचेल एक दिन मोबाइल चल्छ, अर्को दिन चल्दैन,’ थापाले भने ।

सोलार जेनेरेटरले काम नगर्दा समस्या
कर्णालीको डोल्पा, जुम्ला र कालीकोटमा फोन तथा इन्टरनेट सेवा विस्तारका लागि कालीकोटको भर्ता लेकमा रिपिटर टावर राखिएको छ । टावर सञ्चालनका लागि राखिएका सोलार र जेनेरेटरले काम नगर्दा बारम्बार सञ्चार सेवा अवरुद्ध हुने गरेको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगन्जका उप–निर्देशक शिवराज खनालले जानकारी दिए ।