१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
काठमाडौं
२०७६ पौष २७ आइतबार ०८:११:००
Read Time : > 1 मिनेट
खेलकुद

सुदूरपश्चिमको स्पिनमा घुम्यो मलेसियन टोली

Read Time : > 1 मिनेट
काठमाडौं
२०७६ पौष २७ आइतबार ०८:११:००

मनमोहन स्मृति राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता खेल्न आएको मलेसिया सेलेक्सन ११ पहिलो खेलमै भारी अन्तरले पराजित भएको छ । इनरुवा मैदानमा शनिबार भएको खेलमा मलेसियन टोली सुदूरपश्चिम प्रदेशसँग ८ विकेटको भारी अन्तरले पराजित भएको हो । टस जिती पहिले ब्याटिङमा उत्रिएको मलेसियन टोली २२ ओभरमा ४९ रनमै समेटियो । प्रत्युत्तरमा सुदूरपश्चिमले ७.२ ओभरमा मात्रै दुई विकेट गुमाएर जित निश्चित गरेको हो । 

मलेसियन टोली सुदूरपश्चिमको स्पिन बलिङसामु टिक्न सकेन । स्पिनरद्वय शेर मल्ल र विनोद लामाले समग्रमा मलेसियन टोलीको ९ विकेट लिए । विनोदले ५ र शेरले ४ विकेट लिँदा मलेसियन टोलीका लागि एकभन्दा बढी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।  मलेसियाका लागि विरन्दीप सिंहले २२ रन जोड्नेबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

मलेसियाका सुरुवाती ब्याट्सम्यानद्वय सर्बिन मुनियान्द्री (२) र भुसन रेभ (२) लाई आउट गराउँदै विनोदले सुदूरपश्चिमलाई उत्कृष्ट सुरुवात दिलाए । तेस्रो क्रममा क्रिजमा छिरेका मलेसियन टोलीका कप्तान अहमेद फइज पनि १ रन जोड्दै शेरको बलिङमा आउट भए । त्यसपछि, मलेसियाको राष्ट्रिय टोलीबाट खेलिसकेका विरन्दीपले केही सम्हालिएको ब्याटिङ गर्दै ब्याटिङ  इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए ।

तर, उनलाई अन्य खेलाडीले गतिलो साथ दिन सकेनन् । त्यसपछिका तीन ब्याट्सम्यान खाता खोल्नुअघि नै लगातार आउट हुन पुगेका थिए । १० ओभर बलिङ गरेका शेरले ३ मेडन निकाल्दै ११ रन खर्चिए । उनी खेलको उत्कृष्ट खेलाडीसमेत घोषित भए । ९ ओभर बलिङ गरेका विनोदले पनि ३ मेडनसहित २१ रन मात्रै दिए । सदूरपश्चिमका लागि खड्क बोहोरा र लोकेश बमले अविजित समान १५ रनको योगदान गर्दै जित निश्चित बनाएका थिए ।

यी दुवै खेलाडीले आफ्नो इनिङ्समा समान ३ चौका प्रहार गरेका थिए । गजेन्द्र बोहोरा ११ र अरुण ऐरी ६ रनमा आउट भएका थिए । प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा हात पारेको जितसँगै सुदूरपश्चिमले समूह डीबाट सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । आइतबार हुने खेलमा गण्डकी प्रदेशलाई पराजित गरे सुदूरपश्चिम प्रतियोगिताको अन्तिम चारमा पुग्नेछ । 

                  आजको खेल
   सुदूरपश्चिम प्रदेशविरुद्ध गण्डकी प्रदेश