मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
काठमाडौं
२०७६ पौष २७ आइतबार ०७:५४:००
Read Time : < 1 मिनेट
खेलकुद

शेर्पाले जिते उपाधि 

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ पौष २७ आइतबार ०७:५४:००

बाबु शेर्पाले शनिबार सूर्य नेपाल गोकर्ण मन्थी मेडल उपाधि जितेका छन् । गोकर्ण गल्फ कोर्समा भएको प्रतियोगितामा शेर्पाले इभन पार ७२ स्कोर गरी उपाधि हात पारेका हुन् ।

उनले उपाधि भिडन्तको काउन्ट ब्याकम टेन्डी शेर्पा र फिन्टोस लामालाई निराश पारेका थिए । शीर्ष तीन स्थानमा रहेका खेलाडीले समान इभन पार ७२ स्कोर गरेका थिए ।

टेन्डी दोस्रो तथा फिन्टोस तेस्रो भए । विजयी श्रेष्ठ उत्कृष्ट ग्रोस भए । उनले एक ओभर ७३ स्कोर गरेका थिए । आङफुर्वा शेर्पा जुनियरतर्फ च्याम्पियन भए ।

प्रतियोगितामा ३० गल्फरले प्रतिस्पर्धा गरेका थिए । खेलपछि च्याम्पियन बाबुले ४ सय २५ अंक प्राप्त गरेका छन् । महिला जुनियरमा वांछेनले ४ सय ७० अंक बटुलिन् ।