१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
काठमाडौं
२०७६ पौष २७ आइतबार ०७:१६:००
Read Time : < 1 मिनेट
अर्थ

राष्ट्रिय व्यावसायिक पहलको अध्यक्षमा जोशी

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ पौष २७ आइतबार ०७:१६:००

राष्ट्रिय व्यावसायिक पहल (एनबिआई)को अध्यक्षमा कुशकुमार जोशी निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न एनसबआईको १३ औँ वार्षिक साधारणसभाले जोशीलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो । 

व्यावसायिक आचारसंहिता, संस्थागत सामाजिक उत्तरदायित्व, सुशासनजस्ता विधामा काम गरिरहेको निजी क्षेत्रको संस्था राष्ट्रिय व्यावसायिक पहलको साधारणसभाबाट जोशीसहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । 

नयाँ कार्यसमितिको संस्थापक निवर्तमान अध्यक्षमा पद्म ज्योति, उपाध्यक्षमा सुकुन्तलाल हिराचन, महासचिव सुरेन्द्रवीर मालाकार र कोषाध्यक्षमा दीपक मल्होत्रा रहेका छन् । यस्तै, सचिवद्वयमा सुरेश प्रधान र गोपीकृष्ण न्यौपाने, सहकोषाध्ययक्षमा विनायक शाह निर्वाचित भएका हुन् ।

कार्यसमिति सदस्यमा सरोजप्रसाद पाण्डे, उमेशलाल श्रेष्ठ, राजेश खड्का, रवीन्द्रमान सिंह, अरनिको राजभण्डारी, लता प्याकुरेल, डा. वविन पोखरेल, डा. राजेन्द्र घिसिङ, मुकेशकुमार भट्टराई उपाध्याय, सुधिर मित्तल, खेम लकाई, होमनाथ उपाध्याय, अशोक वैद्य, रमेश महर्जन निर्वाचित भएका छन् ।

राष्ट्रिय व्यावसायिक पहलमा मुलुकभरका राष्ट्रियस्तरका ५० भन्दा बढी महासंघ, संघ र ७० भन्दा बढी प्रतिष्ठित व्यापारिक प्रतिष्ठान सदस्य छन् । साथै, सभाले विधान संशोधन गरी संस्थालाई पुनर्संरचना गर्दै सातवटा प्रदेशमा समिति गठन गरी अघि बढ्ने निर्णय गरेको महासचिव मालाकारले जानकारी दिए ।