१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष २६ शनिबार २०:३५:००
Read Time : < 1 मिनेट
समाचार

आरम्भले जित्यो जिल्लास्तरीय लोकनृत्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष २६ शनिबार २०:३५:००

सुनसरी जिल्लास्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि आरम्भ विद्या मन्दिर रामधुनीले जितेको छ ।

सुनसरी प्याब्सनले आयोजना गरेको जिल्लास्तरीय लोकनृत्य प्रतियोगितामा आधारभूत तहअन्तर्गत आरम्भ विद्या मन्दिर पहिलो भएको हो । प्रतियोगितामा विश्व आदर्श स्कुल दोस्रो र बराह राइजिङ बोर्डिङ तेस्रो भएका थिए । जिल्लास्तरीय लोकनृत्य प्रतियोगितामा प्रथम भएसँगै आरम्भ विद्या मन्दिर प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट भएको छ । प्रदेशस्तरीय प्रतियोगिता ३ माघमा हुने आयोजकले जनाएको छ । प्रतियोगिता सुनसरी प्याब्सनको कार्यालय इटहरीमा भएको थियो ।