मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष २६ शनिबार १४:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

विप्लवलाई पार्टीमा आउन ढिलो नगर्न प्रचण्डको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष २६ शनिबार १४:५७:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेत्र विक्रम चन्द ‘विप्लव’ लाई पार्टीमा आउन ढिलाई नगर्न आग्रह गरेका छन् ।

शनिबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजना भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले विप्लवलाई यस्तो आग्रह गरेका हुन् । विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की लगायतलाई पार्टी प्रवेश गराउँदै दाहालले भने, ‘भोली स्वयम् विप्लप पनि आउनुपर्छ । आउन ढिला गर्नुभयो भने त्यसले उहाँलाई पनि फाइदा गर्दैन । अरुलाई पनि फाइदा गर्दैन । मलाई भरोसा छ एक दिन उहाँपनि यसैगरी आउने ठाउँमा पुग्छ ।’

सबैलाई देशको स्थिति, राजनीतिक स्थायित्व, देशको विकासका बारेमा किनकी समाजवादतिर जाने भन्ने कुरामा कम्युनिस्ट नाम भएका जति सबै एक ठाउँमा आइपुगेको अवस्था रहेको उनले बताए ।

अध्यक्ष दाहालले बाँकी रहेका सबैलाई अफ्ठ्यारो नमानी आउन अपिल गरे । ‘अफ्ठ्यारो नमानिकन गरिहाले हिँडिहाले भनेर आफैलाई अनि देशलाई हानी पु¥याउने काम नगरीकन छिटो जोडिन आउन अपिल गर्न चाहान्छु’, दाहालले भने ।

पार्टी प्रवेशपछि कार्कीले विप्लवको राजनीतिक साहस, नैतिकता र इमानदारिता नदेखेर पार्टी छाडेको बताए । ‘सहजै विप्लव छोडेर आउने पक्षमा म थिइन । तर विप्लवको त्यो राजनीतिक साहस, नैतिकता र इमानदारिता देख्न सकिनँ,’ उनले भने, ‘हिरासतपछि मेरो एकान्त बास भयो । मलाई भेटने कोही मान्छेपछि आएन । वार्तामा आउ आफ्ना कुरा राखौ भन्दा मान्ने अवस्था भएन । आफुले गरेका कुरा र कामहरुको ओनरसिप लिन सक्ने अवस्था नदेखेपछि विप्लव छोडेँ ।’

पार्टी कार्यालय धुम्बाराहीमा भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहाल, महासचिव विष्णु पौडेल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।