मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष २६ शनिबार १०:१६:००
Read Time : < 1 मिनेट
साहित्य

मौलिक धुनहरूको प्रस्तुति हुँदै

Read Time : < 1 मिनेट
२०७६ पौष २६ शनिबार १०:१६:००

२९८औँ पृथ्वीजयन्ती तथा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा २७ पुसमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ‘हाम्रो बाजा हाम्रै धुन’ नामक सांगीतिक कार्यक्रम आयोजना गर्दै छ । 

लोपोन्मुख मौलिक नेपाली बाजा र धुन तथा लोकसंस्कृति उपेक्षित हुँदै गएकाले यो कार्यक्रम आयोजना गर्न लागिएको प्रतिष्ठानका सदस्यसचिव श्याम तमोटले बताए । ९० मिनेटको कार्यक्रममा सारंगी, बाँसुरी, सहनाई, ताल–बादन, टुंना, मुर्चुंगा, खी, धिमे, ढोलक, नरसिंहा, पञ्चेबाजालगायत मौलिक बाजाको प्रस्तुति हुनेछ । त्यस्तै, मंगल, सोरठी, पालाम, असारे, मैथिली, क्या राम्रो इन्द्रेणी, कौडा, संगीनी, मालश्री, धिमाल, नेपाल हामी रहौँला कहाँ नेपालै नरहे, साकेला म्हेन्दोमाया, थकाली, देउडालगायत धुन पनि प्रस्तुत गरिनेछ । 

कार्यक्रमको संयोजन प्राज्ञ अशोक राईले गर्नेछन् । यस्तै, प्राज्ञ भरत नेपालीले सारंगी र भरत बुढाथोकीले तालबादनको संयोजन गर्नेछन् । इजरायल, बंगलादेशलगायत मुलुकका पाहुना, संगीत क्षेत्रमा लागेका व्यक्ति र विद्यार्थीको उपस्थिति रहने कार्यक्रममा निःशुल्क प्रवेश गर्न पाइनेछ ।