Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
बाँके
२०७६ पौष २६ शनिबार ०८:२०:००
Read Time : < 1 मिनेट
प्रदेश

बाँकेमा थपियो सशस्त्र प्रहरीको बोर्डर पोस्ट

Read Time : < 1 मिनेट
बाँके
२०७६ पौष २६ शनिबार ०८:२०:००

सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बलले बाँकेमा एउटा बोर्डर आउट पोस्ट (बिओपी) थप गरेको छ । बाँकेमा जम्मा पाँचवटा बिओपी रहेकामा सशस्त्र प्रहरीले शुक्रबार एउटा थपेको हो । 

योसँगै जिल्लामा बिओपीको संख्या ६ पुगेको छ । सरकारले देशभर एक सय १४ वटा बिओपी थप गर्ने निर्णय गरेकामा बाँकेमा पनि ४ वटा बिओपी थपिन लागेको सशस्त्र प्रहरी बल गण नंं. ३० वागेश्वरी गणका गणपति दीपक अधिकारीले जानकारी दिए । सशस्त्र प्रहरी बल ५ नं. प्रदेश विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेलले एक कार्यक्रमका बीच जयसपुर बिओपीको उद्घाटन गरेपछि बाँकेमा बिओपीको संख्या ६ पुगेको छ । ‘निकट भविष्यमा तीनवटा बिओपी स्थापना गरी सञ्चालनमा ल्याइनेछ,’ उनले भने । 

सो अवसरमा डिआइजी पौडेलले नयाँ थपिने बिओपीहरूले सीमा सुरक्षा, अपराध तथा तस्करी नियन्त्रणमा अझ प्रभावकारी भूमिका खेल्ने बताए । जनताबाट गुनासो नभई प्रशंसा आउने गरी काम गर्न मातहतका प्रहरी अधिकारी तथा जवानलाई उनले निर्देशन दिए ।