१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ पौष २५ शुक्रबार १९:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

गण्डकी प्रदेशले माघ १ गते सार्वजनिक बिदा दिने 

Read Time : < 1 मिनेट
२०७६ पौष २५ शुक्रबार १९:१३:००

गण्डकी प्रदेश सरकारले आगामी माघ १ गते प्रदेश भर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले उक्त जानकारी दिएका हुन् । बुधबार बसेको बैठकले माघे संक्रान्तिको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बैठकले प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक पारित गर्दै आन्तरिक मामिला कानुन मन्त्रालयमार्फत प्रदेश सभामा पेश गर्ने निर्णय पारित गरेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमसँगै बजेटमा प्रदेशभित्र रहेका कला साहित्य, भाषा, संस्कृति, ललितकला, नाट्यकलालगायतको उन्नयन, विकास र अनुसन्धानसँगै आवश्यक काम गर्न प्रतिष्ठान आवश्यक रहेकाले स्थापनाका लागि विधेयक तयार गरी प्रदेश सभामा पेश गर्न लागेको हो । 

बैठकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान स्थापना र संचालन गर्न बनेको विधेयकसमेत स्वीकृत गर्दै प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ । यसैगरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका ६ र आर्थिक मामिला तथा योजना मन्त्रालयको २ गरी आठ वटा कार्यविधि बैठकले पारित गरेकाे मुख्यमन्त्री कार्यालयले जनाएकाे छ । यस्तै कर्मचारी सरुवा तथा पदस्थापन सम्बन्ध मापदण्डसमेत पारित गरेको छ ।

प्रदेश सरकारले गठन गर्न लागेको प्रदेश दुग्ध विकास बोर्डको सदस्य सचिवमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अर्न्तगतको कृषि निर्देशनालयका नवौँ तहका अधिकृत डा. गृष्म न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले होम स्टे संचालनका लागि आवश्यक विधेयक बनाउन उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई सैद्धान्तिक स्वीकृत दिने निर्णय बैठकले गरेको छ ।