Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष २५ शुक्रबार १८:३१:००
Read Time : < 1 मिनेट
अर्थ

नेपाल बैंकले २३ वर्षपछि शेयर धनीलाई बाँड्यो लाभांश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष २५ शुक्रबार १८:३१:००

नेपाल बैंकका शेयर धनीहरुले २३ वर्ष पछि लाभांश पाएका छन् । बैंकको शुक्रबार बसेको ६० औँ वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव अनुमोदन गरेसँगै लगानीकर्ताले लाभांश पाएका हुन् । 

बोनस शेयर पारित भएसँगै बैंकको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार २ सय रुपैयाँ पुगेको छ । साधारण सभामा शेयर धनीहरुले बैंकको खराब कर्जा अझै बढी रहेको बताउँदै त्यसलाई घटाउन ध्यान दिन सुझाव दिए । बैंकका अध्यक्ष बासुदेव अधिकारीले शेयर धनीहरुको प्रश्नको जवाफ दिँदै खराब कर्जा घटाउन प्रयत्न गरिरहेको जानकारी दिए । उनले बैंकले स्प्रेड रेट र बेस रेट घटाउन निर्देशन दिएकाले खुद ब्याज आम्दानी घटेको समेत बताए ।

त्यस्तै, अध्यक्ष अधिकारीले नगद लाभांश वितरण साधारण सभा सकिएको दुई घण्टापछि सुरु हुने र बोनस शेयर छिट्टै नै नेप्सेमा सूचीकरण गराइ सम्बन्धित शेयर धनीलाई वितरण गर्ने जानकारी दिए ।