१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
अर्जुन श्रेष्ठ धादिङ
२०७६ पौष २५ शुक्रबार १७:३६:००
Read Time : > 1 मिनेट
समाचार

'छोरालाई आगो लगाउँदा मेराे मन खरानी भयो'

Read Time : > 1 मिनेट
अर्जुन श्रेष्ठ धादिङ
२०७६ पौष २५ शुक्रबार १७:३६:००

धादिङको थाक्रे गाउँपालिका-२  कार्की गाउँकी सरिता कार्की (सरस्वती)को परिवार शोकमा डुबेको छ । बुढेसकालको सहारा हुर्किएको जेठो छोरा सन्तोषकाे हत्यासँगै उनकाे परिवार शाेकमा परेकाे हाे ।

'बुढेस कालको सहारा छोराकाे उल्टै दाहसंस्कार गर्नु पर्दा पल-पल मरेर बाँचिरहेका छौँ,' आमा सरिता र बुबा शरण भन्छन्– 'मारेर आगो लगाइदिने मेरो छोराको हत्यारा कहिले पत्ता लाग्ला ?'

घर नजिकैकाे जंगलमा हत्या गरेर आगो लगाइदिएको अवस्थामा छोराको शव फेला पारेको आमा सरिता बताउँछिन् । हाेसमा आउँदा रुने उनी छिनमै बेहोस हुन्छिन् । छोराको शव भेट्दा उनले अत्तालिदै अन्तिम पटक हेरेकी थिइन् । 'मेरो छोरा परिवारकै खुसी थियो, उनलाई आगो लगाउँदा मेराे मन खरानी भयो,' उनले भनिन् ।

गत २४ मंसिरमा उनी अबेरसम्म घरमा आएनन् । छरछिमेकमा गए होला भनेर खोजी भएन । राति अबेरसम्म घर नआएपछि खोजी भयो, तर भेटिएनन् । आफन्त, साथीभाइ इष्ट मित्र सबैसँगै साेध्दा सन्तोषको अत्तोपत्तो लागेन ।

घर परिवार, छिमेक आफन्तसँग सन्ताेषकाे सम्बन्ध राम्रो थियो । चार वर्षदेखि गाडीका सहचालक भई काम गर्दै आएका थिए । डेढ वर्षअघि गाडी लाइनमा काम गर्ने मान्छेहरुसँग झगडा भएपछि भागेर छोराले ज्यान बचाएको बुबा शरणले बताए । उनी दसैदेखि घरमा नै बस्दै आएका थिए । हराएका सन्ताेषकाे शव १५ दिनपछि ९ पुसमा घर नजिकै जंगलमा जलेको अवस्थामा शव भेटियाे । 

इलाका प्रहरी कार्यालय गजुरीबाट घटनास्थल पुगेकाे प्रहरी टाेलीले मुचुल्का उठाएर काठमाडौंस्थित टिचिङ अस्पतालमा पोष्टमार्टमका लागि शव पठाए । पोष्टमार्टम रिर्पोटमा हत्या गरेर आगो लगाएको अस्पतालले पुष्टि गरेको शरणले बताए । उनले भने, 'जसले मेरो बुढेसकालको सहारा खोस्यो । मेरो त खुसी लुट्यो, उसकाे कारबाही नभएसम्म छोराको आत्माकाे आत्माले शान्ति पाउँदैन ।'

'छरछिमेकी भनेको अ‍ैचोपैचो सुखदु:खमा काम लाग्ने सारथी हो, यति ठूलो बज्रपात हुनुमा छिमेकीको हात छ भन्ने कसरी सोच्न सक्छु ?,' सन्तोषका बुवाले भने, 'डेढ वर्ष पहिले छोरासँग भएको झगडाले हो भनौं भने घर नजिक ल्याएर हत्या किन गर्थ्यो ?' सन्तोषकाे शव फेला परेको पनि १५ दिन बित्यो, तर अझै हत्या कसले गर्‍यो ? प्रहरीसँग उत्तर छैन । दिन रात घटनाको अनुसन्धान भइरहेको र छिट्टै हत्यारा पत्ता लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए ।