मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी
२०७६ पौष २५ शुक्रबार १७:१३:००
Read Time : > 1 मिनेट
प्रविधि

५ सय प्रतिशतले बढ्यो गड्यौंलाको आयु, कस्तो असर पर्ला मानवजातिमा ?

Read Time : > 1 मिनेट
एजेन्सी
२०७६ पौष २५ शुक्रबार १७:१३:००

वैज्ञानिकले एक ‘कोषीय प्रणाली’ बाट गड्यौँलाको आयु ५ सय गुणाले बढाएका छन् । माउन्ट डेजर्ट आइसल्याड (एमडीआइ) बायोलोजिकल ल्याबोरेट्रीले बक इन्स्ट्युट अफ रिर्सच र चीनको नान्जींग विश्व विद्यालयसँग मिलेर यो परीक्षण सफल पारेको हो ।

उक्त गड्यौंलाको आयुवृद्धि मानिसको आयु ४ सयदेखि ५ सय वर्ष बनाए जस्तै रहेको टीमका एक वैज्ञानीकले बताएका छन् ।

वैज्ञानीकहरुले क्यानोरहाब्डाइटिस एलिगन्स ‘राउन्डवर्म’मा यो परीक्षण गरेका थिए । गड्यौंला प्रजातिको सी एलिगन्स भनेर चिनिने यो गड्यौंला आयुको अनुसन्धानका लागि चर्चित छ ।

मानव प्रजातिसँग धेरै किसिमका ‘जीन’को मेल गर्ने र यो गड्यौंलाको आयु तीनदेखि चार हप्तामात्रै हुने हुँदा सी एलिगन्सलाई आयुबारे अध्ययनका लागि प्रयोग गरिन्छ ।

अनुसन्धानकर्ताले गड्यौंलाको दुई कोषीय मार्ग ‘सेलुलर पाथवे’ हरु, जसबाट कोषहरुबीच हुने सूचना आदान–प्रदानलाई फेरबदल गरेका थिए । 

यस्तै सेलुलर पाथवेहरु मानव शरिरमा पनि पाइन्छन् । यसै कारण यो नयाँ परीक्षणले मानव जातिको आयु पनि बढाउने कुरालाई प्रभाव पार्न सक्ने देखिन्छ । 

‘सेल रिपोर्ट्स’ जर्नलमा प्रकाशित अध्यनअनुसार ‘टीओआर’ पाथवेलाई परिवर्तन गर्दा सी एलिगन्सको जीवनकाल ३० प्रतिशत बढ्छ । त्यस्तै इन्सुलिन सिग्नलिंग (आइआइएस) पाथवेलाई परिवर्तन गर्दा १ सय प्रतिशत जीवनकाल बढ्छ ।

तर, टीओआर र आइआइएस दुवै  कोषीय मार्गहरुसँगै बदल्दा गड्यौंलाको जीवनकाल अप्रत्याशित रुपमा ५ सय प्रतिशतले बढेको हो ।

इन्सुलिन सिग्नलिंग शरिरमा ग्लुकोज होमोस्टेसिसमा सक्रिय रहेको हुन्छ । होमास्टेसिस प्रक्रियाले रगतमा सुगरको मात्रा कायम राखेर शरिरलाई स्थिर राख्न मद्दत गर्छ । ‘यो निकै प्रभावशाली खोज हो ।’ एमडीआइका जरेड रोलीन्सले भने, ‘ यसले जीवनकाल अथवा आयुवृद्धि गर्ने परीक्षणका लागि एउटा बाटो देखाएको छ ।’

मनवजातिको आयु बढाउनका लागि नयाँ किसिमको थेरापीका लागि यो अध्ययनले सहयोग पु¥याउने अनुसन्धानकर्ताहरुले जनाएका छन् । यसै उद्देश्यअनुसार विभिन्न किसिमका औषधिको विकाससमेत भइरहेको जर्नलमा प्रतिवेदनमा उल्लेख छ । 

सन् २०१९ को अक्टोबरमा वैज्ञानिकहरुले मुसाको आयु बढाएको अध्ययन ‘नेचर’ जर्नलमा प्रकाशित भएको थियो । उनीहरुले क्रोमोजोमको अन्त्यमा पाइने विशिष्ट न्युक्लियोप्रोटिन स्ट्रक्चर ‘टोलोमेरेस’को लम्बाइ बढाएका थिए ।

यसरी टोलोमेरेस लामो भएका मुसाको आयु बढेको र तीनीहरुमा क्यान्सरको सम्भावनासमेत कम देखिएको वैज्ञानिकले दावी गरेका थिए ।