मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष २५ शुक्रबार १६:२९:००
Read Time : < 1 मिनेट
समाचार

वीर योद्धाहरूको योगदान समेटिएको पुस्तक प्रकाशन गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष २५ शुक्रबार १६:२९:००

विपी विचार राष्ट्रिय समाजले नेपालको प्रजातान्त्रिक आन्दोलनका वीर योद्धाहरूको योगदान समेटिएको पुस्तक प्रकाशन गर्ने भएको छ । विपी विचार राष्ट्रिय समाजको मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुस्तक प्रकाशन गर्ने निर्णय गरेको हो । 

समाजका महासचिव विनयध्वज चन्दले कार्यसम्पादन समितिको बैठकमा प्रस्ताव पेश गरेका थिए । 

प्रस्तावको छलफलमा प्रजातान्त्रिक आन्दोलनको इतिहास समेटिएको छुट्टाछुट्टै पुस्तक प्रकाशित गर्ने कि ७७ वटै जिल्लाको लेख तयार गरि त्यसमा नेपालको प्रजातान्त्रिक योद्धाहरूको योगदान, जिल्लागत रूपमा समावेश गर्ने भन्ने विषयमा छलफल भएको थियो ।