मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष २५ शुक्रबार १६:१३:००
Read Time : < 1 मिनेट
समाचार

वीरगञ्जमा युवकको शव फेला

Read Time : < 1 मिनेट
२०७६ पौष २५ शुक्रबार १६:१३:००

वीरगञ्ज महानगरपालिका-१५ भिस्वा टोलमा शुक्रबार एक युवकको शव फेला परेको छ । भिस्वाबाट नेशनल मेडिकल जाने बाटो छेउको खाली जग्गामा शव फेला परेकाे हो ।

जमेको पानीमा डुबेको अवस्थामा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो । मधेसी मुलको जस्तो देखिने मृतक युवकको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दीपक साहले जानकारी दिए । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको साहले बताए ।