मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ पौष २५ शुक्रबार ११:०३:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

स्पोर्टस् किट्स चीनबाट मगाउँछु

Read Time : > 1 मिनेट
२०७६ पौष २५ शुक्रबार ११:०३:००

सामान्य रूपमा चिनियाँ परम्परागत खेल उसुलाई दुई विधामा विभाजन गरिएको छ । एक थौलो, जसमा खेलाडीको एकल प्रस्तुति हुन्छ । यसमा विभिन्न प्रकारका काता तथा हतियार प्रदर्शन गरिन्छ । अर्को हुन्छ, सान्सो । सान्सोमा मार्सलआर्टस्का अन्य विधाझैँ दुई प्रतिस्पर्धीको सीधा भिडन्त हुन्छ । 

सान्सोमा चेस्टगार्ड, लेग–प्याड, गर्नसिल, गोइङ गड, हेडगार्ड आदि स्पोर्टस् किट अत्यधिक प्रयोग हुन्छन् । यसमा दुई सेटका पहिरन प्रयोगमा आउँछ, ब्लु र रेड ड्रेस फाइट वेयर । खेलाडीसँग यी दुवै सेट हुनुपर्छ । यसमा जुत्ताको आवश्यकता पर्दैन । 

म थौलो गर्ने गर्छु । थौलोमा भने स्र्पोटस् किट्स धेरै नै हुने गर्छन् । यसअन्तर्गत थानच्वान, ताइचिवान, दाउसुकुन्सुजस्ता इभेन्ट हुन्छन् । इभेन्टअनुसार पहिरन र हतियारको आवश्यकता हुन्छ । हामीले लगाउने जुत्तालाई तौलो भनिन्छ । यो निकै फ्लेक्जिबल हुन्छ । तौलोको मूल्य सामान्यता ७ देखि ८ हजारसम्म पर्ने गर्छ । यस प्रकारको जुत्ता एकदेखि दुई वर्षसम्म टिकाउ हुन्छ । नियमित प्रयोग गर्नेको हकमा चाँडै बिग्रन सक्छ । 

पहिरन भने तौची हो । यो सिल्क कपडाको हुन्छ । सिल्क कपडालाई सिलाउनुपर्ने हुनाले यसमा आफ्नो इच्छाअनुसार डिजाइन गर्न सकिन्छ । महिला र पुरुषले लगाउने पोसाक फरक–फरक हुन्छ । महिलाले फुल स्लिभ भएको र पुरुषले हाफ स्लिभको पहिरन लगाउँछन् । यस्ता पहिरनमा ड्र्यागन, पुः जस्ता प्राणीको चित्रांकन गरिएको हुन्छ । 

हतियारको प्रयोग उसुको अर्को महत्वपूर्ण पाटो हो । यसमा प्रयोग हुने तरबारलाई दाउसु भनिन्छ । यसबाहेक भालाजस्तो आकारको छेनसु हुन्छ । त्यस्तै, तरबार र भालाको मिक्स स्वरूपजस्तै देखिने हतियारलाई चेनसु भनिन्छ । यी हतियारको मूल्य १२ देखि १३ हजारसम्म पर्न जान्छ । हतियारमा निकै सावधानी अपनाउनुपर्ने हुन्छ । औसतमा ४ देखि ५ महिनासम्म टिक्ने हुन्छ । उसुका स्पोर्टस् सामान प्रायः चीनमै उच्चस्तरका पाइन्छन् । नेपालमा नपाइने भन्ने होइन, तर चीनमा पाइने सामानको दाँजोमा यसको गुणस्तर कम हुन्छ । म चीन जाँदा त्यहीँबाट स्पोर्टस् किट्स किनेर ल्याउँछु, साथीभाइ र आफन्तमार्फत पनि मगाउने गर्छु ।