मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ पौष २५ शुक्रबार १०:३३:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

जुम्बा : फिटनेस र डान्स एकसाथ

Read Time : > 1 मिनेट
२०७६ पौष २५ शुक्रबार १०:३३:००

जुम्बा नृत्यका माध्यमबाट गरिने फिटनेस हो । यसमा शिरदेखि पैतालासम्मको अभ्यास हुन्छ । यसका ६–७ विधा हुन्छन् । तीन महिनासम्म जुम्बा डान्स गरेमा ६ देखि ८ केजीसम्म तौल घट्न सक्छ । दैनिक जुम्बा डान्स गर्नाले आनन्द  र खुसी मिल्छ । 
डान्स विधि  

  •  जुम्बा डान्स आठ तरिकाबाट गर्न सकिन्छ । कोलम्बियन डान्स, मेरेन्गे, साल्सा र रेगिटेन आदि । 
  •  सुरुमा वार्मअप गरिन्छ । करिब ११ देखि १२ मिनेटसम्म वार्मअप हुन्छ । यो क्रममा शरीरलाई हल्का तताउने गरिन्छ । हातखुट्टा चलाएपछि सबै शरीर सेटअप हुन्छ । 
  •  संगीतको तालमा लगभग ११ देखि १२ मिनेटसम्म नाच्ने गरिन्छ । यसो गर्दा शरीरका विभिन्न अंग सक्रिय हुन्छन् । 
  •  जुम्बा डान्समा प्रायः विदेशी गीत–संगीत बजाइन्छ । प्रायः १७–१८ वटा कोलिम्बियन गीतमा नाचिन्छ । अन्तिममा ५ मिनेटजति कुलडाउन हुन्छ । त्यसपछि १ घन्टाको क्लास सकिन्छ । यो अवधिमा पसिनैपसिना भइन्छ ।

कसलाई उपयोगी ?

  •  जुम्बा डान्स जुनसुकै उमेरकाले पनि गर्न सक्छन् । यद्यपि, पछिल्लो समय जुम्बा डान्सप्रति महिला बढी आकर्षित रहेको पाइएको छ । त्यसमा पनि ३० वर्ष कटेका गृहिणी बढी छन् । विशेषगरी, बेफुर्सदीका कारण योगा र व्यायामका लागि समय निकाल्न नसक्ने महिलाले जुम्बा डान्स क्लास जाने गरेका छन् ।  
  •  बच्चाहरूले पनि जुम्बा डान्स गर्छन् । त्यो अलि फरक छ । उनीहरूलाई हाई स्केलमा डान्स गराउनुहुँदैन । 

फाइदा

  •  मुटुलाई स्वस्थ राख्न सकिन्छ । उच्च रक्तचाप र मधुमेह रोकथाम हुन्छ । मोटोपना घटाउँछ ।
  •  शारीरिक तन्दुरुस्तीका लागि आवश्यक । दैनिक जीवनमा आइपर्ने तनावबाट मुक्त भइन्छ । शरीर र मस्तिष्कलाई आराम बनाउँछ । 
  •  आत्मविश्वास बढाउँछ । 

सावधानी

  •  प्रशिक्षकको निगरानीमा जुम्बा सिक्नु आवश्यक छ । भिडियो हेरेको भरमा वा जुम्बाका विषयमा यथेष्ट जानकारी नभएका व्यक्ति अर्थात् गलत इन्स्ट्रक्टरबाट सिक्नाले शरीरमा विभिन्न समस्या आउन सक्छन् । ३० वर्ष कटेपछि शरीरका विभिन्न भागका हड्डी खिइने, हाडजोर्नीमा समस्या आउनेसमेत हुन सक्छ । हातखुट्टा घुमाउन र राम्रोसँग मिलाउन नजानेमा थुप्रै समस्या आउन सक्छन् । 
  •  यदि हात र घुँडा दुख्ने समस्या भएमा होसियारीपूर्वक जुम्बा डान्स गर्नुपर्छ ।
  •  जुम्बामा डान्सका आ–आफ्नै विधा छन् । तिनलाई फलो गर्न जान्नुपर्छ । राम्ररी फलो गर्न सकिएन भने फाइदा मिल्दैन । एक दिन क्लास जाने अर्को दिन नजाने गर्नुहुँदैन ।