१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ पौष २५ शुक्रबार १०:५२:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यी हुन् गेडागुडीका फाइदा

Read Time : < 1 मिनेट
२०७६ पौष २५ शुक्रबार १०:५२:००

विभिन्न प्रकारका दाल, सिमी, चना, केराउ, राजमा, भटमास, मेथीलगायत गेडागुडीलाई मिसाएर तरकारीका रूपमा प्रयोग गरिन्छ । यसमा अत्यधिक मात्रामा प्रोटिन र फाइबर पाइन्छ । टुसा उमारेका गेडागुडीलाई पकाउँदा अझै उत्तम हुन्छ ।

  •  गेडागुडीमा अत्यधिक प्रोटिन हुन्छ, मासुमा भन्दा पनि बढी । तर, यसमा भएका सबै प्रोटिन शरीरले सोस्न सक्दैन । तर, टुसाएर गेडागुडी प्रयोग गर्दा शरीरले यसमा भएका सबै प्रोटिन सोस्न सक्छ । 
  •  गेडागुडी टुसाउँदा यसमा प्रोटिन, फाइबर, मिनरल र भिटामिनको मात्रा बढेर जान्छ ।
  •  नभिजाएको गेडागुडीले एन्टिन्युट्रिसन फ्याक्टर जस्तै– आइरन, जिंक, म्याग्नेसियम, क्याल्सियमलगायत तत्वलाई सोस्न दिँदैन । यदि भिजाएर वा टुसा उमार्दा त्यसरी शरीरलाई सोस्न नदिने तत्व पानीमा घुलेर जान्छ ।