१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ पौष २५ शुक्रबार ०९:१५:००
Read Time : < 1 मिनेट
समाचार

त्रिभुवन राजपथमा सवारी दुर्घटना, एक भारतीय नागरिकको मृत्यु, २ जना घाइते        

Read Time : < 1 मिनेट
२०७६ पौष २५ शुक्रबार ०९:१५:००

त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाउँपालिका-९ अगोरमा  सवारी दुर्घटना भएको छ । दुर्घटनामा परी एक जना भारतीय नागरिकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

बिहिवार राती विरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ य १२८३ नम्बरको हायस गाडी दुर्घटना हुँदा  २ जना घाइते भएका छन् । मुत्यु हुनेमा भारत बस्ने अन्दाजी ४५ वर्षीय सन्तोष सल्वा कुमार रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारको क्रममा हेटौडा अस्पतालमा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब निरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिए।

दुर्घटनामा  भारतीय नागरिक अन्दाजी २४/२५ वर्षीय गोपिका न्नद स्वामी र भारत हेदराबाद जन्म भइ अमेरिका बस्दै आएकी अन्दाजी २३ वर्षीया लक्ष्मी साहिति रहेको डीएसपी भट्टराईले बताए। घाइते दुवैको हेटौंडा अस्पतालमा उपचार भइरहेको  छ ।  चालक प्रहरी निगरानीमा रहेको जनाइएको छ।