१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ पौष २५ शुक्रबार ०७:४४:००
Read Time : > 1 मिनेट
विश्व

बेलायती राजकुमार ह्यारीले  त्यागे शाही जिम्मेवारी

Read Time : > 1 मिनेट
२०७६ पौष २५ शुक्रबार ०७:४४:००

ब्रिटेनमा ड्युक अफ ससिक्स राजकुमार ह्यारी र उनकी पत्नी डचिस अफ ससिक्स मेगन मार्केलले राजपरिवारको विशेष जिम्मेवारी त्याग्ने घोषणा गरेका छन् । ह्यारी दम्पतीले एक विज्ञप्ति जारी गर्दै राजपरिवारको जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुने घोषणा गरेका छन् । निर्णय गर्नुअघि उनीहरूले राजपरिवारका कुनै पनि सदस्यसँग परामर्श गरेका थिएनन् । उनीहरूको निर्णयबाट बकिंघाम दरबार निराश भएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

धेरै महिनाको सोचविचार र छलफल गरेर सो निर्णयमा पुगेको यो जोडीले बताएको छ । बाँकी समय उनीहरू युके र उत्तरी अमेरिकामा बिताउने भएका छन् । ‘तर, महारानी, कमनवेल्थ र हामी संरक्षक भएका संस्थासँग सम्बन्धित कर्तव्य निरन्तर निर्वाह गर्नेछौँ, विज्ञप्तिमा भनिएको छ । उनीहरूको पछिल्लो निर्णयले एकातिर ह्यारी मेगनको राजपरिवारका सदस्यसँग मतभेद भएको देखिएको केहीले अनुमान गरेका छन् ।

महारानी एलिजाबेथ द्वितीयका पूर्वप्रेस सेक्रेटरी डिक्की अर्बिटरका अनुसार उनीहरूले आफ्नो योजना कसरी कार्यान्वयन गर्छन् भन्ने हेर्न बाँकी छ । ‘उनीहरूको घोषणा अकस्मात आएको छ । उनीहरूको सुरक्षाको पनि प्रश्न उठेको छ । उनीहरूलाई कसले सुरक्षा प्रदान गर्छ,’ उनले भने । 

बिबबिसीका शाही संवाददाता जोनी डाइमन्डका अनुसार ह्यारी दम्पतीले विनापरामर्श निर्णय गरेकाले राजपरिवार बढी दुखित छ । बिबिसीका दरबार मामिला हेर्ने निकोलस विचेलका अनुसार यो जोडी केही महिनादेखि दरबारिया जीवनदेखि असन्तुष्टि थियो । मेगनले आफ्ना बाबुलाई लेखेका गोप्य पत्र गत वर्षको अक्टोबरमा एक पत्रिकाले छापेपछि यो जोडी सो पत्रिकाविरुद्ध कानुनी कारबाही चलाएका थिए । त्यतिवेला ह्यारीले आफ्नी पत्नी ब्रिटिश ट्याबोलोइड पत्रिकाको सिकार बनेको बताएका थिए ।

राजकुमार ह्यारी राजकुमार चाल्र्स, राजकुमार विलियम र उनका तीन सन्तानपछि बेलायतको राजगद्दीको छैटौँ लाइनमा छन् । क्रिस्मसमा राजपरिवारको जिम्मेवारीबाट ६ साताको बिदा लिएर छोरासहित ह्यारी दम्पती क्यानडा गएका थिए । उनीहरूका छोरा आर्चीको जन्म गत मे महिनामा भएको हो । सन् २०१६ को जुलाईदेखिको प्रेम सम्बन्धलाई उनीहरूले सन् २०१८ को मे १९ मा विवाहमा रूपान्तरण गरेका थिए । अमेरिकी टेलिभिजनको टेलिशृंखलामा काम गरेकी मार्कल विवाहपूर्व परोपकारी कार्यमा संलग्न थिइन् ।