मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फाेटाे
२०७६ पौष २५ शुक्रबार ०७:०७:००
Read Time : < 1 मिनेट
प्रदेश

हिमपातले बाजुराका विद्यालय बन्द

Read Time : < 1 मिनेट
२०७६ पौष २५ शुक्रबार ०७:०७:००

एक सातादेखिको हिमपातले जनजीवन कष्टकर भएपछि बाजुराका उच्च हिमाली क्षेत्रका विद्यालय बन्द भएका छन् । हिमपातले चिसो बढेपछि हिमाली क्षेत्रका विद्यालय बन्द गरिएको जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख गोपाल दत्त जोशीले जानकारी दिए । 

‘हिमपातका कारण जिल्लाका दुई सय ७४ वटै सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ,’ जोशीले भने, ‘चिसो बढ्दा कतिपय विद्यालय एक सातादेखि नै बन्द छन् । सञ्चालनमा रहेका विद्यालयमा पनि पढाइ हुन सकेको छैन ।’ चिसोले बालबालिका आउन नसकेपछि जिल्ला भरका सम्पूर्ण बालविकास कक्षा बन्द छन् ।
हिमाली गाउँपालिका, गौमुल गाउँपालिका, जगन्नाथ गाउँपालिका, बुढीनन्दा नगरपालिकाको हिमाली क्षेत्रका विद्यालय र स्वामी–कार्तिक गाउँपालिका क्षेत्रका केही विद्यालय पूर्णरूपमा बन्द भएका छन् ।

हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले चिसो बढेकाले बालबालिका विद्यालय जान नसकेको बताए । ‘घर, गाउँ, विद्यालय सबैतिर हिउँ नै हिउँ छ,’ मल्लले भने, ‘बालबालिका विद्यालयमा गएर पढ्न सक्ने अवस्था छैन ।’ हिमपात नरोकिएसम्म विद्यालय सञ्चालनमा नआउने उनले बताए । ‘अत्यधिक चिसोले घरबाहिर निस्कन सक्ने अवस्था नभएपछि विद्यालय बन्द गरिएको हो,’ मल्लले भने ।