१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ पौष २५ शुक्रबार ०६:४१:००
Read Time : < 1 मिनेट
प्रदेश

सप्तर्षि अस्पतालमा एकै रात तीन नवजात शिशु मृत्यु प्रकरण : गाडिएका शवबारे छानबिन हुँदै

Read Time : < 1 मिनेट
२०७६ पौष २५ शुक्रबार ०६:४१:००

सिराहाको लहानस्थित सप्तर्षि अस्पतालमा शल्यक्रियापछि जन्मिएका तीनजना नवजात शिशुको मृत्यु प्रकरणमा स्थानीय प्रशासनले छानबिन थालेको छ । १८ पुसको राति शल्यक्रिया गरी जन्मिएका तीन नवजात शिशुको सोही रात मृत्यु भएको थियो । 

अस्पतालको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै पीडित परिवारले आन्दोलन चर्काएपछि स्थानीय प्रशासनले छानबिन थालेको हा । शिशु मृत्युको विरोधमा आफन्तले आन्दोलन सुरु गरेपछि अस्पताल प्रशासनले पीडित परिवारलाई आर्थिक प्रलोभनमा पारी घटना गुपचुप गर्न शिशुको शव गाडेको आरोप छ । अस्पतालबाट करिब एक किलोमिटरपूर्व बलान खोलामा रातारात शिशुहरूको शव गाडिएको आफन्तले बताएका छन् ।

तर, छानविन समितिले बिहीबार साँझसम्म खोज्दा पनि शिशुकोे शव भेटिएको छैन । समितिका सदस्यसमेत रहेका लहानका प्रहरी नायब उपरीक्षक शरदकुमार क्षेत्रीले बलान खोला किनारको करिब एक किलोमिटर क्षेत्रमा खोजी गर्दासमेत शव फेला नपरेको बताए । स्थानीय प्रशासनले इलाका प्रशासन कार्यालयका प्रमुख कमलराज भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । 

समितिले अस्पतालको दर्ता र नवीकरण, शल्यक्रियामा संलग्न चिकित्सकको मेडिकल काउन्सिल दर्ता प्रमाणपत्र तथा लापरबाहीको विषयमा छानबिन गरिरहेको संयोजक राजभण्डारीले बताए । शल्यक्रियामा संलग्न अस्पतालका चिकित्सक डा. सुनील विराजी नेपाल मेडिकल काउन्सिलमा दर्ता नरहेको स्रोतले जनाएको छ ।

सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ दिनाजपुरकी २५ वर्षीया जानकी यादव, सप्तरीको बलानबिहुल गाउँपालिक ३ दुधैलाकी ३० वर्षीया संगीता साह र सिराहाको औरही गाउँपालिका १ दरहैयाँकी प्रमिला यादवको शल्यक्रिया गरी प्रसूति गराइएको थियो । तीनवटै शिशुको केही घन्टामै मृत्यु भएको थियो । अस्पतालका चिकित्सक डा. सुनील विराजीले जानकी यादवले जन्माएको शिशुले गर्भमै दिसा खाइसकेकाले एनआइसियूमा राख्दासमेत बचाउन नसकिएको दाबी गरे ।