Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रोहितराज पराजुली कास्की
२०७६ पौष २४ बिहीबार २०:२९:००
Read Time : < 1 मिनेट
खेलकुद

हाप्किडोको गण्डकी प्रदेश संघ गठन

Read Time : < 1 मिनेट
रोहितराज पराजुली कास्की
२०७६ पौष २४ बिहीबार २०:२९:००

नेपाल मार्शल आर्टस् हाप्किडो संघको गण्डकी प्रदेश संघ गठन भएको छ । मानबहादुर घर्तीमगर ‘एमबी आस्था’को अध्यक्षतामा संघको गण्डकी प्रदेश संघ गठन भएको हो ।

हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरको उपस्थितिमा पोखरामा बिहीबार गण्डकी प्रदेश संघ गठन गरिएको हो । संघ गठनका लगि भएको भेलाले एमबी आस्थाको अध्यक्षतामा एक सदस्य पछि थप हुने गरी १३ सदस्यीय प्रदेश संघ गठन गरेको हो ।

संघको उपाध्यक्षमा तारामाया थापामगर र दिनेश रोकामगर, सचिवमा प्रेम बुढामगर र कोषाध्यक्षमा वसन्ती बुढामगर रहेका छन् । त्यस्तै सदस्यहरूमा मदन जिसी, रेखा तामाङ, विराज गुरुङ, दर्शन आलेमगर, कृष्ण महर्जन, कृतिका गिरी र सन्दिप बिक रहेका छन् ।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले आगामी माघ दोस्रो साता पोखरामा हाप्किडोको अन्तर्राष्ट्रिय सेमिनार हुने जानकारी दिए । ११ र १२ माघमा हुने सेमिनारमा २० भन्दा बढी देशका खेलाडी र खेल प्रशिक्षकहरू सहभागी हुने उनले बताए । हाप्किडो कोरियन मार्शल आर्टस् खेल हो ।