१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
अनु आचार्य
२०७५ माघ १ मंगलबार १६:३२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

माघे संक्रान्ति मेला वेत्रावतीमा गोरु जुधाई [फोटोफिचर]

Read Time : < 1 मिनेट
अनु आचार्य
२०७५ माघ १ मंगलबार १६:३२:००

हरेका वर्ष माघ १ गते रसुवा र नुवाकोटको सिमानामा पर्ने बेत्रावतीमा गोरु जुधाई मेला सम्पन्न भएको छ । माघे संक्रान्तिको अवसरमा ऐतिहासिक तथा धार्मिक तिर्थस्थल वेत्रावतीमा १६ जना किसानले पालेका आठ हल गोरु जुधाइएको गोसाइकुण्ड युवा क्लबका अध्यक्ष ज्ञानकुमार डंगोलले बताए । गोरु जुधाइले ग्रामिण पर्यटन प्रर्बद्घन गर्न सहयोग पुग्ने डंगोलले बताए ।

रसुवा र नुवाकोटका कृषकले जुधाउनकै लागि वर्षभरी तागतिलो कुराहरु खुवाएर पालेका गोरुलाई माघेसंक्रान्ति मेलामा प्रतिस्पर्धा गराउँछन् । लामो समयदेखि मनाउँदै आएको मेलालाई गोसाइकुण्ड युवा क्लबले २०५३ सालदेखि व्यवस्थित रुपमा बेत्रावतीमा सञ्चालन गर्न थालेको छ ।

मेला हेर्न रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुरलगायतका जिल्लाका मानिसहरु बेत्रावती आएका छन् ।