१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका लमजुङ
२०७६ पौष २४ बिहीबार १३:५२:००
Read Time : < 1 मिनेट
अर्थ

भ्रमण वर्ष सफल बनाउनु पर्ने सन्देश बाेकेर मनाङेले गरे सगरमाथा आधार शिविरको भ्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका लमजुङ
२०७६ पौष २४ बिहीबार १३:५२:००

भ्रमण वर्ष २०२० को अवसर पारेर हिमालपारीको जिल्ला मनाङबासीले सगरमाथा आधार शिविरसम्मको भ्रमण गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन र आन्तरिक पर्यटन प्रर्वद्धन गराउने उद्देश्यका साथ मनाङका विभिन्न क्षेत्रसँग सम्बन्धित २२ जनाले यो भ्रमण गरेका हुन् ।

पुस ११ गते मनाङबाट यात्रा सुरु गरेको यस भ्रमण समुहले लमजुङ हुँदै काठमाडौं पुगेर लुक्ला सम्मको हवाईयात्रापछि पदयात्रा गरेर सोलुखुम्बु जिल्लास्थित आधार शिविरसम्मको भ्रमण गरेको हो ।

सगरमाथा आधार शिविरसम्मको यात्रा गरेर पर्यटन प्रवद्र्धनको सन्देश दिन खोजेको भ्रमणमा सहभागी संरक्षण क्षेत्र व्यवस्थापन समिति मनाङका अध्यक्ष विनोद गुरुङले बताए । उनले विदेशीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिई रहँदा नेपालीले पनि आन्तरिक रुपमा भ्रमण गर्नु पर्ने सन्देश दिन खोजको उनको भनाई छ । 

यस भ्रमणले विशेषगरी पर्यटन व्यवसाय, आतित्थ्यता, व्यवसायिक सेवा, व्यवस्थापकीय पक्ष आदिका बारेमा बुझ्ने अवसर मिलेको भ्रमणमा सहभागी ङिस्याङ गाउँपालिका ४ का वडाध्यक्ष कर्माटसी घलेले बताए ।