मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष २४ बिहीबार १३:४४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

हिउँले ढाक्यो दोलखाको शैलुङ (फोटोफिचर) 

Read Time : < 1 मिनेट
२०७६ पौष २४ बिहीबार १३:४४:००

दोलखाको पर्यटकीय गन्तव्यको रुपमा परिचित शैलुङमा हिउँ परेपछि आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । सयौं थुम्काहरुले सजिएको शैलुङमा हिउँ परेपछि धुम्न जानेहरुको भीड लागेको हो । 

सामुन्द्रिक सतहबाट ३ हजार ४ सय उचाईमा रहेको शैलुङमा चण्डी पुर्णीमा, बाला चतुर्दशी र जनै पुर्णिमाको दिन मेला लाग्ने गरेको  छ । 

राजधानी काठमाडौंबाट दोलखा सदरमुकाम चरिकोट हुँदै सिधै शैलुङसम्म पुग्न सकिन्छ । त्यस्तै सिन्धुपाल्चोकको मुडे बजारबाट पनि तीन घण्टाको सवारी यात्रा र थोरै पैदलपछि शैलुङ पुग्न सकिन्छ ।