मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष २४ बिहीबार १०:४१:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यी हुन् नियमित व्यायामका मानसिक फाइदा

Read Time : > 1 मिनेट
२०७६ पौष २४ बिहीबार १०:४१:००
  •  व्यस्त जीवनशैलीका कारण अधिकांश मानिसले व्यायाममा ध्यान दिँदैनन् । यसले सबैभन्दा ठूलो असर निद्रामा पर्छ । हामी दिनभर काम गर्दा मस्तिष्क थाकिरहेको हुन्छ । यस्तो अवस्थामा कुनै शारीरिक क्रियाकलाप नगर्दा स्टोमेनिया, स्लिप डिसअर्डरलगायतका समस्या निम्तिन्छन् ।
  •  सामान्यतया योगा, हिँडाइ, डान्स, जिम, स्विमिङ वा अन्य शारीरिक व्यायामले तपाईंको मानसिक स्वास्थ्य सुदृढ गराउँछ । मानसिक स्वास्थ्यका दृष्टिले हेभी व्यायामभन्दा पनि लाइट एक्सरसाइज नै बढी फाइदाजनक छ । 
  •  व्यायामले तनाव कम गर्न भूमिका खेल्छ । नियमित व्यायाम गर्दा दिमागले खुसी हुने खालका हर्मोन रिलिज गर्छ । 
  •  व्यायामले सेन्स अफ कन्ट्रोलमा ठूलो भूमिका निर्वाह गर्छ । यसले शरीर र सेन्स दुवैलाई नियन्त्रणमा राख्ने काम गर्छ । 
  •  व्यायामले निर्णय लिने क्षमतामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ, जसलाई हामी कोपिङ भन्छौँ । यसले हरेक परिस्थितिसँग जुध्ने क्षमता पनि प्रदान गर्छ ।
  •  हरेक मानिसको आ–आफ्नै सपना हुन्छ । कुनै लक्ष्य प्राप्तिका लागि मानिसले काम गरिरहेको हुन्छ । नियमित व्यायामले लक्ष्य प्राप्तिमा पनि अहं भूमिका खेल्छ । खासगरी अस्वस्थकर जीवनशैली, अल्छीपना, ढिलो सुत्ने/उठ्ने खालको देनिकी भएका मानिस र नियमित व्यायाम गर्ने मानिसको सोचाइमै फरक पर्न जान्छ ।
  •  कतिपय मानिसमा अत्यन्तै क्षमता भए पनि सामाजिक हुन भने सकिरहेका हुँदैनन् । जसले जुनकुनै पेसामा पनि असर पुर्‍याउन सक्छ । व्यायाम गर्दा मानिसले सामाजिक हुन सिक्छ । खासगरी एरोबिक, जिम, डान्स वा जेसुकै गर्दा होस्, यसले मानिसलाई बिस्तारै सामाजिक रूपमा घुलमेल हुन सहयोग पुर्‍याउँछ ।
  •  व्यायामले मसल्समा भएका तनावलाई हटाएर मानिसलाई रिल्याक्स बनाउन सघाउ पुर्‍याउँछ । मस्तिष्कले फरक–फरक अवस्थामा फरक–फरक खालकै हर्मोन रिलिज गर्छ । जस्तो कि खुसी हुँदा, दुःखी हुँदा, उत्साहित हुँदा त्यही प्रकारका हर्मोन रिलिज गर्छ । नियमित व्यायाम गर्ने मानिसको मस्तिष्कले सेरोटोनिम, इन्ड्रोफिन, सेन्ड्रोफिनजस्ता हर्मोन बढी उत्पादन गर्छ । जसले मानिसलाई पोजेटिभ र रिल्याक्स रहन सहयोग पु¥याउने गर्छ । 
  •  शरीरलाई मस्तिष्कले नै सञ्चालन गरिरहेको हुन्छ । मस्तिष्कले उत्पादन गर्ने हर्मोनअनुसार शरीरले प्रतिक्रिया जनाउँछ । त्यसैले मानसिक रूपमा स्वस्थ रहन नियमित व्यायामको आवश्यकता पर्छ