मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ पौष २४ बिहीबार ०४:४७:००
Read Time : < 1 मिनेट
अर्थ

लुम्बिनीको मुसहर बस्तीमा मेगा बैंकको ब्ल्याङ्केट

Read Time : < 1 मिनेट
२०७६ पौष २४ बिहीबार ०४:४७:००

मेगा बैंकले लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका लागि ब्ल्याङ्केट सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लुम्बिनी विकास मञ्चमार्फत मुसहर र नेटुवा बस्तीका लागि न्यानो ब्ल्याङ्केट हस्तान्तरण गरेको हो । 

शीतलहरबाट प्रभावित हुने जोखिम रहेका मुसहर र नेटुवा बस्तीमा सहयोग पुग्ने उद्देश्यले लुम्बिनी विकास मञ्चमार्फत १ सय ५० थान ब्ल्याङ्केट सहयोग गरेको बैंकले जनाएको छ । 

ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा र सुविधा प्रदान गर्दै आएको मेगाले संस्थागत सामाजिक उत्तरदायित्वमार्फत विभिन्न सहकार्य एवं सहायताका साथै असहाय तथा विपन्न वर्गका बालिकाको शिक्षाका लागि पनि सहयोग गर्दै आएको छ ।