१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ पौष २४ बिहीबार ०९:३८:००
Read Time : < 1 मिनेट
प्रदेश

बन्दीपुरमा थपिँदै सुविधासम्पन्न होटेल

Read Time : < 1 मिनेट
२०७६ पौष २४ बिहीबार ०९:३८:००

बन्दीपुरमा सुविधासम्पन्न होटेल निर्माणको क्रम बढेको छ । पछिल्लो समय पर्यटक आगमन बढेसँगै होटेल निर्माण बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बैस गुरुङले बताए ।

जाडो तथा गर्मी दुवै मौसमका लागि उपयुक्त वातावरण भएकाले यो ठाउँ पर्यटकको रोजाइमा परेको हो । अहिले बन्दीपुरमा झन्डै एक दर्जन होटेल निर्माणको चरणमा नै रहेको अध्यक्ष गुरुङले बताए । ‘पर्यटकलाई सेवा सुविधामा कुनै कमी नहोस् भनेर करिब ९ करोड रुपैयाँ लागतमा मैले पनि होटेल निर्माण गर्दै छु,’ उनले भने ।

दैनिक पाँचदेखि सात सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने बन्दीपुरमा भ्रमण वर्ष सुरु भएसँगै पर्यटक बढ्दै गएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । पछिल्लो समय होटेल, लज मात्र नभई होमस्टेसमेत भरिभराउ भएको बन्दीपुर सामुदायिक होमस्टेकी कोषाध्यक्ष कृष्णकुमारी थापाले बताइन् । उनका अनुसार चुलोचौकोमा सीमित रहेका महिला मिलेर दर्ता गरी सुरु गरेको होमस्टेले स्थानीय महिलाको आयस्तरमा समेत सहयोग पुगेको छ ।