१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ पौष २४ बिहीबार ०७:१९:००
Read Time : > 1 मिनेट
सेयर बजार

नाफा बुकिङले ७.३२ अंक घट्यो नेप्से

Read Time : > 1 मिनेट
२०७६ पौष २४ बिहीबार ०७:१९:००

लगातार तिन दिन बढेको नेप्से चौथो दिनमा घटेर करेक्सन भएको छ । आइतबार सोमबार र मंगलबार बढेको बजार बुधबार करेक्सन भएको हो । तीन दिनमा ५० दशमलव ५८ अंकले बढेको परिसूचक बुधबार ७ दशमलव ३२ अंक घटेर १ हजार २ सय ९ दशमलव ६० बिन्दुमा आइपुगेको छ । केही समय बढेर करेक्सन भएमा लगानी गर्ने अर्को मौका पाउने भएकाले यसलाई सकारात्मक लिनुपर्ने लगानीकर्ता बताउँछन् । एकैनासले बढेको बजारले एक दिन दुर्घटना ल्याउन सक्छ, घट्दै–बढ्दै गरेको बजार मात्र टिकाउ हुने उनीहरू अनुभव छ ।

‘सधैँ बढेको बजारमा लगानी गर्ने अवसर कम हुन्छ, बढेपछि घटेको बजारमा लगानी गर्ने अवसर बढी हुन्छ ।’ पुस मसान्त नजिकै भएकाले बजार बढाएर किस्ता र ब्याजको जोहो गरेको आरोप पनि छ । लगानीकर्ताका अनुसार हाल लगानी गर्ने ठाउँ भनेको पुँजीबजार नै हो । सुनको मूल्य बढेको र बैंकहरूको ब्याजदर घटेकाले लगानीका लागि पँुजीबजार ठीक रहेको ब्रोकर कार्यालयमा बस्ने लगानीकर्ताहरूको धारणा छ । मंगलबार माछापुच्छ्रे बैंकको मात्र उच्च कारोबार हुँदा १ अर्ब नाघेको थियो । एकै कम्पनीको उच्च कारोबारले अर्ब नाघेपछि यस दिनको कारोबार राम्रो रहेको छ । मंगलबारको तुलनामा घटे पनि ७३ करोड ८ लाखबराबरको कारोबारले बजार सकारात्मक रहेको बुझाउँछ । 

यस दिन १२ समूहको परिसूचकमा पाँच समूहको परिसूचक बढेको छ भने बाँकीको घटेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, व्यापार, होटेल, बिमा समूहका परिसूचक घटेका छन् । नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स १ दशमलव ५० अंक घटेर २ सय ६३ दशमलव ३१ बिन्दुमा पुगेकाले राम्रा कम्पनीको मूल्य घटेको बुझिन्छ । बजार पुँजीकरण १५ खर्ब ५१ अर्बबाट घटेर १५ खर्ब ४२ अर्बमा आइपुगेको छ । 

यस दिन कुल १ सय ७२ कम्पनीका सेयर किनबेच भएकामा ६४ वटाको मूल्य बढेको छ भने ७ वटाको घटेको छ । २१ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेको एडी (एड्भान्स डिक्लाइन) अनुपात शून्य दशमलव ७३ प्रतिशतका आधारमा हेर्दा यस दिन बजार बियरिस प्रवृत्तिमा देखिएको छ । १४ दिने आरएसआई इन्डेक्सको ७३ दशमलव ५८ स्केलमा नेप्से छ । ओभरबटमा रहेको यस आरएसआईले बजारमा खरिद चाप बढेको संकेत गर्छ । 

मंगलबारको १२२३ बिन्दुमा प्रतिरोध पाएर घट्यो नेप्से
बुधवार नेप्सेको उच्च, न्यूनतम र बन्द बिन्दुबाट निकालिएको पिभट बिन्दु १ हजार २ सय १३ दशमलव ४७ छ । यस दिनको बजार बन्द बिन्दु १ हजार २ सय ०९ दशमलव ६० छ । पिभट बिन्दुभन्दा बजार बन्द बिन्दु तल रहेकाले बिहीबार परिसूचक घट्ने संकेत गर्छ । 

मंगलबारको बन्द बिन्दुबाट १ हजार २ सय २३ दशमलव १६ बिन्दुमा पहिलो प्रतिरोध पाउने देखिएको थियो । सोहीअनुसार सो बिन्दुमा प्रतिरोध पाएर बजार करेक्सन भएको छ । बुधबारको बन्द बिन्दुबाट घटेमा १ हजार २ सय ३ दशमलव २७ बिन्दुमा पहिलो टेवा पाउने र बढेमा १ हजार २ सय १९ दशमलव ८० बिन्दुमा प्रतिरोध पाउने देखिन्छ । 

मंगलबारको कारोबारबाट सेतो मारोबोजु मैनबत्ती बनेको थियो । यसले बुधबार नाफा बुक गर्ने आएनन् भने बजार बढ्ने संकेत गरेको थियो । यस दिन लगानीकर्ताहरूले नाफा बुक गर्दा घट्न पुगेको छ । बुधबारको कारोबारबाट स्पिनिङटप मैनबत्ती बनेको छ । यसले बिहीबार बजारमा अन्योल रहने संकेत गर्दछ ।