मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
लमजुङ
२०७६ पौष २३ बुधबार ०८:०४:००
Read Time : < 1 मिनेट
अर्थ

मनाङमा १२ करोडको स्याउ उत्पादन

Read Time : < 1 मिनेट
लमजुङ
२०७६ पौष २३ बुधबार ०८:०४:००

चालू आर्थिक वर्ष मनाङमा १२ करोड ६० लाखबराबरको स्याउ उत्पादन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (स्याउ जोन) का अनुसार ४ गाउँपालिका रहेको जिल्लामा २ सय ४० हेक्टरमा स्याउखेती गरिन्छ । प्रमुख नगदेबालीका रूपमा लिइएको स्याउ सदरमुकाम चामेसँगै ताचै, पिसाङ, भ्राताङ, थान्चोक, दानाक्यु, तिल्चे, हुम्डे, मनाङलगायत दर्जनौँ स्थानमा ठूलो परिमाणमा स्याउ उत्पादन हुँदै आएको छ । 

एकाइका प्रमुख शम्भुप्रसाद देवका अनुसार १ हजार ५० टन स्याउ उत्पादन भएको थियो । ङिस्याङ गाउँपालिका १ भ्राताङमा रहेको एग्रो मनाङ प्रालिले मात्रै ४ सय ५० मेट्रिकटन स्याउ उत्पादन गरेको छ ।