१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ पौष २२ मंगलबार २२:००:००
Read Time : < 1 मिनेट
समाचार

चिनारी कृषि फार्ममा आगलागी, डेढ करोडभन्दा बढीको क्षति

Read Time : < 1 मिनेट
२०७६ पौष २२ मंगलबार २२:००:००

एक सय २५ बाख्रा र दुई सय ७४ लोकल कुखुरा जलेर नष्ट

लमजुङको मध्यनेपाल नगरपालिका–१ जिता देउरालीमा रहेको चिनारी कृषि फार्ममा विद्युत् सर्ट भएर आगलागी हुँदा डेढ करोडभन्दा बढीको क्षति भएको छ । आगलागीमा फार्ममा रहेको एक सय २५ बाख्रा र दुई सय ७४ लोकल कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी रविन्द्रमान गुरुङका अनुसार मंगलबार साँझ पौने ७ बजे अचानक विद्युत् सर्ट भएपछि फार्ममा आगलागी भएको हो ।

फार्ममा एक सय ७० बाख्रा र तीन सय लोकल कुखुरा थिए । जसमध्ये २६ वटा कुखुरा र ४५ वटा बाख्रा जिउँदै भेटिएकोे छ । आगलागीमा बाख्राका दुईवटा आधुनिक खोर र गोदाम घर जलेर नष्ट भएको फार्मका सञ्चालक रमेश पौडेलले बताए । उनका अनुसार ०७२ सालबाट ६० वटा बाख्रा र ५० वटा लोकल कुखुराबाट डेढ सय रोपनी जग्गामा चिनारी कृषि फार्म सञ्चालन गरिएको हो ।

चार करोड लगानीबाट सुरु गरिएको फार्ममा हाल पाँच करोड लगानी पुगेको पौडेलले बताए । अचानक आगलागी हुँदा पशु चौपाया तथा अन्य भौतिक संरचना जलेको उनले बताए । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारणबारे यकीन जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।