मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७६ पौष २२ मंगलबार १७:२२:००
Read Time : < 1 मिनेट
साहित्य

भोजपुर प्रतिभा पुरस्कार घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौँ
२०७६ पौष २२ मंगलबार १७:२२:००

भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले वरिष्ठ इतिहासकार ज्ञानमणि नेपाललाई यस वर्षको ‘भोजपुर प्रतिभा सम्मान’ र युवा गायक भीषण मुकारुङलाई ‘भोजपुर प्रतिभा पुरस्कार’ प्रदान गर्ने भएको छ । 

प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईको अध्यक्षतामा हालै बेलायतमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । संस्थाका महासचिव नरेश काङमाङ राईका अनुसार नेपाली इतिहासका क्षेत्रमा विशिष्ट योगदान पु¥याएबापत् नेपाललाई र गायन क्षेत्रमा उल्लेखनीय योगदान दिएबापत् मुकारुङलाई सम्मानित तथा पुरस्कृत गरिने निर्णय गरिएको हो ।

राईका अनुसार सम्मानमा टोपी, माला, दोसल्ला, सम्मानपत्रका साथै नगद १५ हजार रुपैयाँ रहेको छ । पुरस्कारमा टोपी, माला, सम्मानपत्रसहित नगद ३० हजार रुपैयाँ राशि रहेको छ । सम्मान तथा पुरस्कार आगामी फागुनको तेस्रो साता काठमाडौँमा एक समारोहको आयोजना गरी अर्पण गरिने आयोजकले जनाएको छ ।

बेलायतमा रहेका भोजपुरे स्रष्टा–सर्जकहरूले १२ वर्षअघि प्रतिस्ठान स्थापना गरेका थिए ।