Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवदीप अजनबी
२०७५ माघ १ मंगलबार १२:४१:००
Read Time : < 1 मिनेट
समाचार

माघे संक्रान्तिमा नुवाकोटमा ५३ हल गोरु जुधाइँदै 

Read Time : < 1 मिनेट
नवदीप अजनबी
२०७५ माघ १ मंगलबार १२:४१:००

नुवाकोटमा माघेसंक्रान्तिमा गोरु जुधाउने परम्पराको विकास गएको छ । पहिलो तारुकामा मात्र गोरु जुधाइने गरेकोमा अहिले अन्य चारस्थानमा गोरु जुधाउन थालिएको छ । लिखुको कट्टिछाप र शिवपुरीको शेराबगर पनि यो वर्षदेखि गोरु जुधाइने स्थानको सूचीमा थपिएको छ । 

तारुका, बेत्रावती, घलेगाउँ, कट्टिछाप र शेराबगरमा गरी यो वर्ष ५३ हल गोरु जुधाइने भएको छ । जिल्लाका विभिन्न स्थानमा पहिले पहिले गोरु जुधाउने गरिएकोमा नुवाकोटको तारुकाले व्यवस्थित रुपमा २०६२ सालबाट गाउँभरीका जुरे बहर गोरुहरु एकै थलोमा जुधाउने चलनको सुरु ग¥यो । यहाँको गोरु जुधाई हेर्न हजारौं दर्शक आएपछि जिल्लाका अन्यभागमा पनि थालिएको हो ।

यो वर्ष जिल्लाका पाँच फरक स्थानमा गरी ५३ हल गोरु जुधाउने तयारी भएको स्थानीय आयोजकहरुले जनाएका छन् । सबैभन्दा धेरै तारकेश्वर–३ तारुकामा २३ हल गोरु जुधाइने माघेसंक्रान्ति मेला संरुक्षण संस्थाका अध्यक्ष शिवबहादुर अधिकारीले जानकारी दिए । 

यस्तै, २०६७ बाट सुरु भएको जिल्लाको बेत्रावतीमा यो वर्ष ८ हल गोरु जुधाउने तयारी भएको छ । यस्तै २०७१ बाट सुरु पञ्चकन्या गाउँपालिकाको घलेभञ्ज्याङमा यो वर्ष ८ हल गोरु जुधाइने भएको छ । यस्तै, यही बर्षबाट गोरु जुधाउन थलिएको लिखु– ३, कट्टिछापमा ७ हल गोरु र शिवपुरी गाउँपालिकाको शेरा बगरमा ७ हल गोरु जुधाउने तयारी छ ।