मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका भक्तपुर
२०७६ पौष २१ सोमबार १९:१५:००
Read Time : < 1 मिनेट
समाचार

७ लाख नगदसहित १४ जना जुवाडे पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका भक्तपुर
२०७६ पौष २१ सोमबार १९:१५:००

भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९ निलबाराहीबाट सोमबार दिउँसो १४ जना जुवाडे समातिएका छन् । निलबाराही टिगनीस्थित सूर्यबहादुर श्रेष्ठले सञ्चालन गरेको रिसोर्टमा मोटो रकमसहित हारजित हुने गरी जुवातास खेलिरहेका १४ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त ठिमीका डिएसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा चार बुक तास, सात लाख तीन हजार एक सय ९० रुपैयाँ बरामद गरेको छ । प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत म्याद थप गरी उनीहरुमाथि थप अनुसन्धान थालेको छ ।

पक्राउ पर्नेमा मध्यपुरठिमी–७ का उमेश तको, विनोद प्रजापति, राजकुमार तको, डिलकृष्ण बाडे, बबिन उपो, डिलकृष्ण वाडे, रमेश तको, चन्द्रकृष्ण वाडे, निलकृष्ण अवाल, विक्रम धाजु, प्रज्वल राजेया, राजकृष्ण खिचाजु, सुरेन प्रजापति र अनिल प्रजापति रहेका डिएसपी कोइरालाले बताए ।