मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष २१ सोमबार १८:४०:००
Read Time : < 1 मिनेट
समाचार

प्रदेश पाँचमा माघे संक्रान्तिमा २ दिन बिदा हुने

Read Time : < 1 मिनेट
२०७६ पौष २१ सोमबार १८:४०:००

प्रदेश ५ सरकारले माघे संक्रान्तिका अवसरमा प्रदेशमा दुई दिन सरकारी विदा दिने भएको छ । माघ १ र २ गते सार्वजनीक विदा दिने प्रदेश सरकारले निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले माघे संक्रान्तिका अवसरमा २ दिन विदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

माघे संक्रान्तिकै अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको आयोजनामा यहि पुस २९ गते मूख्यमन्त्री निवासमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम समेत गरिने भएको छ । 

मगर तथा थारु समूदायको बाहुल्यता रहेको प्रदेश भएकाले उनीहरुले मान्ने मुख्य चाड माघीको अवसरमा विदा दिने निर्णय भएको प्रवक्ता चौधरीले बताए । प्रदेश सरकारले गत वर्ष पनि दुई दिन विदा दिएको थियो ।