मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष २१ सोमबार १८:१०:००
Read Time : < 1 मिनेट
समाचार

सागमा स्वर्ण पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

Read Time : < 1 मिनेट
२०७६ पौष २१ सोमबार १८:१०:००

सिरहाको गोलबजार नगरपालिकाले १३ औं दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग) मा स्वर्ण पदक विजेता खेलाडीलाई सोमबार नगदसहित सम्मान गरेको छ । 

गोलबजार नगरपालिका १० धरमपुर स्थायी घर भएका उसु खेलाडी १९ वर्षीय विजय सिंजालीलाई नगद ५१ हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको हो । सिंजालीलाई गोलबजार नगरका मेयर देवनाथ साह, उपमेयर रेशमकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत श्रीधर के.सी.ले सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा मेयर साहले मुलुकको इज्जतका लागि खेलेका खेलाडीलाई थप हौसला बढाउन सम्मान गरिएको बताए ।

नेपाल आर्मी क्लवबाट १३ औं सागमा सहभागी भएका सिंजालीले उसुतर्फ थाउलोको छानछ्वाङ् पुरुष विधामा स्वर्ण पदक जितेका थिए । भारतको गुवाहाटीमा सम्पन्न १२ औं सागमा उसुमा रजत पदक जितेका सिंजालीले सन् २०१८ मा इन्डोनेसियाको जकार्तामा भएको एसियन खेलकूदमा उसु खेलमा भाग लिएको बताए । ‘मुलुकको इज्जतका लागि खेलेको हुँ, पदक जितेपछि गृहनगरले सम्मान गर्दा अझ खेल्ने उर्जा मिलेको छ’ उनले भने । प्रायःजसो घटनामा पनि राहत दिन अगाडि रहेको प्रदेश २ सरकारले प्रदेश अन्तर्गत विभिन्न जिल्लाबाट सागमा पदक जितेका खेलाडीहरुलाई नसम्झिँदा खल्लो लागेको उनले बताए । 

‘प्रदेशका विभिन्न जिल्लाबाट नौ जना खेलाडीले पदक जितेर प्रदेशकै गरिमा बढाएको भएपनि प्रदेश सरकारले नसम्झेमा दुःख लागेधको छ’ कराँतेका प्रशिक्षक कसम लामाले भने । १३औं सागमा प्रदेश २ को पर्साका विकास थापाले भारोत्तोलनमा स्वर्ण, कराँतेका गंगाराम कुस्वाहार रजत, लेखनाथ मैनाली, रीता कार्की, सुशील क्षेत्री, खोखोेका सीता साह, बुद्ध थापा, इन्द्र राय कुर्मीले कास्य पदक जितेका थिए ।